त्रिपुरासुन्दरीमा अत्याबश्यक बाहेक सबै काम बन्द
सिन्धु पाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाँउपालीकाले अत्याबश्यक काम बाहेक सबै कामहरुमा एक हप्ता सम्मका लागी रोक लगाएको छ ।
गाँउपालीकाले सुक्रबार एक सुचना जारी गर्दै त्रिपुरा सुन्दरी गाँउपालीकाका एक नागरिकलाइ कोरोना पुष्टी भएका कारण रोगले ब्यापकता लिन सक्ने सम्भावना रहेका हुँदा यस्तो निर्णय गरिएको पालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । साथै उँहाले पालीकाका नागरिकलाइ रोगबाट बच्नका लागी सुरक्षित मापदण्ड अपनाउँन समेत अनुरोध गर्नु भएको छ ।