श्रोताको मायाले जति दुःख कष्ट भएपनि बिर्साउँदो रहेछः रेडियोकर्मी सुवेदी


सिन्धुपाल्चोक   जिल्ला तत्कालिन  दुवाचौर   गा. वि. स. वडा नं  ४ हाल मेलम्ची नगर पालिका वडा नं  ७ मा पिता तारा चन्द्र सूवेदी र माता सिता सूवेदी को कोख बाट मिती २०४६ भदौ २० गते जन्मनु भइ  हाल  रेडियो मेलम्चीका स्टेशन म्यानेजर समेत रहनु भएका श्री देवराज सूवदीे सँग लोकप्रिय समाचार ले गरेको छोटो कुराकानी ः


 १. तपाइ को परिचय दिनुहोस न ?

म देवराज सूवेदी सिन्धुपाल्चोक रेडियो मेलम्चीका स्टेशन म्यानेजरको भुमिकामा रहेको छु । 

२ तपाइको अहिले सम्मको अनुभव र भावी उद्धेश्य बताइ दिनुहोस न ? 

म सानैदेखि रेडियो सुन्न मन पराउने हुनाले धेरै रेडियो सुन्थेँ र बिस्तारै आफूलाई पनि रेडियोमा बोल्न मन लाग्न थाल्यो । २०६१ मा एस.एल.सि. दिएर काठमाडौ गई रेडियो उद्धघोषण सिकेँ । त्यसपछि पत्रिकामा काम गर्न थालेँ । सँगै २०६३ बाट काठमाडौको किप्स रेडियोमा काम गर्न थालेँ । त्यहाँ ६ महिना काम गरेपछि लगातार ५ बर्ष भक्तपुर स्थित नेपालीको रेडियोमा काम गरेँ । त्यसपछि आफ्नै गाउँमा रेडियो सञ्चालन गरी गाउँलेहरुलाई सुसूचित गर्ने उदेश्य सहित २०६९ बाट सिन्धुपाल्चोकमा रेडियो मेलम्चीमा आबद्ध छु ।

३. तपाइलाई  सबै भन्दा बढी राम्रो के  मा र नराम्रो के  कुराहरुमा लाग्ने गरेको छ ?

मलाई सबैभन्दा राम्रो सकारात्मक समाचार सुन्न, हेर्न, पढ्न मन लाग्छ । अरुलाई धोका दिने, अनैतिक काम गर्ने नराम्रो लाग्छ ।

४. तपाइले यो क्षेत्रमा काम गरेर के के सफलता पाउँनु भयो ?

मैले श्रोता धेरै कमाएको छु, उहाँहरुको माया र सहयोग छ । त्यसैले म सँगै रेडियो मेलम्ची पनि लोकप्रिय छ ।

५. यस क्षेत्रमा काम गर्दा कतीको सहजता पाउँँनु भएको छ ?

श्रोताको मायाले जति दुःख कष्ट भएपनि बिर्साउँदो रहेछ । धेरै गाह्रो छ, अहिले झन प्रतिस्पर्धा छ । प्रतिस्पधो हुँदा काम गर्न झन आनन्द आउँछ तर अस्वस्थ प्रतिस्पर्धाले भने गरी खानेलाई गाह्रो बनाएको छ ।

६. समग्रमा देशको राजनीती गतीबिधी कस्तो रहेको छ ?

मलाई दिक्क लाग्छ । खाली कुर्सी, भ्रष्टाचार, अनियमितता,बलत्कार, हत्य हिंसा, राजनितिक स्थिरता र नेताहरुमा नैतिकताको अभाव देख्छु ।

 ७. अहिले सम्म तपाइले केके गर्नु भयो  र के कस्ता अनुभब हरु गर्नुभयो   बताइ दिनुहोस ? 

मैले अहिले सम्म मेडिकलमा भुईँ पुछ्ने देखि पत्रिका बेच्ने, बाँड्नेसम्म गरेँ । अहिले रेडियो मेलम्चीसँगै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, माउन्टेन टिभी र नेपाली पत्रिकाको जिल्ला संवाददाताको रुपमा कार्यरत छु । विषेश गरी रेडियोमा मैले मनोरन्जनात्मक कार्यक्रम र मार्केटिंको काम गर्दै आएको छु ।

९. तपाई को  बिचारमा देशको बिकास का लागी जनप्रतिनिधीले के  काम गर्नु पर्छ ?  अहीले के गरिरहेका छन ?

जनप्रतिनिधिले निःश्वार्थ भावनाले काम गर्नु पर्नेमा भ्रष्टाचार, अनियमितता बढी देखिएको छ । जनप्रतिनिधिले यस्ता क्रियाकलापलाई रोकी विकास निर्माणमा लाग्नुपर्दछ ।

१०. हाल बर्तमान स्थितीमा  समग्रमा राम्रा र नराम्रा  पक्ष  के के देखीएका छन ?

राम्रा भनेको गाउँगाउँमा सरकार आउँदा काममा सजिलो भएको छ । विकास निर्माणका कामहरु पनि धेरै हुन थालेका छन् । यससँगै भ्रष्टाचार र अनियमितता बढेकोमा भने नराम्रो लागेको छ ।

११. हाल बश्विब्यापी रुपमा फैलिएको महामारी रोगका बारेमा सरकारले  गरेका कार्यहरुका बारेमा यँहाको भनाइ के रहेको छ ? 

सरकारले यसलाई खेलाची नगरी नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ । स्थानीय, प्रदेश र केन्द्रीय सरकारका प्रतिनिधिले कोरोना नियन्त्रणको नाममा कमाउनेतर्फ लागेको देखिन्छ । दिर्घकालिन रुपमा महामारी रोकथामका लागि अनियमितता नगरी सजगता अपनाई जनचेतना मूलक कार्यक्र संचालन गरी यसको रोकथाममा लाग्नु पर्दछ र हामी जनताले पनि सुरक्षा मापदण्ड अपनाई काम गर्नु पर्दछ भन्ने लाग्दछ ।

१२. यसको रोकथाम तथा उपचार कसरी गर्न सकिन्छ ?

यसको लागि त स्वयं सचेत रही स्वस्थ्य सतर्कता अपनाउनुपर्छ । हामी जिम्मेवार नभई सरकारलाई मात्र दोष दिएर हुँदैन । आत्मबल बलियो बनाउने, अनावश्यक भिडभाडमा नजाने, जानैपरे सुरक्षाको मापदण्ड अपनाएर माक्स, स्यानिटाईजर प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, हात धुने तथा खानपानमा ध्यान दिने गर्नु पर्दछ ।

१३. अन्तमा तपाइले भन्न छुटाएका कुरा हरु के छन् ?

अन्त्यमा लोकप्रिय दैनिकलाई धेरै धेरै धन्यवाद । सबै सजग भई कोरोना भाईरसबाट बच्न र बचाउन लागि परौँ भन्न चाहन्छु ।

, , , , ,