बर्थिङ सेन्टरलाई आवस्यक औजार तथा उपकरण प्रदान

चौतारा, असोज ६ । 

बलेफी गाउँपालिकास्थित ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार तथा उपकरण प्रदान गरिएको छ । दातृसंस्था जिएसकेको आर्थिक सहयोग तथा केयर नेपाल र टुकीसंघ सुनकोसीको साझेदारीमा सोमबार बलेफी गाउँपालिमा रहेका ३ वटा बर्थिङ सेन्टरलाई आवस्यक औजार तथा उपकरण प्रदान गरिएको हो ।  


केयर नेपाल र टुकी संघ सुनकोसीको साझेदारीमा संचालित मातृशिशु तथा नवशिशु बालस्वास्थ्य र प्रजनन स्वास्थ्य सुदृढीकरण(सम्मान) परियोजना अन्तर्गत गाउँघर क्लिनीक तथा बर्थिङ सेन्टरका लागी सामाग्री प्रदान गरिएको हो । परियोजनाका सरोज महासेठले बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला कायस्थको रोहबरमा स्वास्थ्य संस्थालाई सामाग्री प्रदान गर्नुभयो ।  बलेफी गाउँपालिका १ को जलविरे स्वास्थ्य चौकी,  २ नम्बर वडाको फुल्पिङकोट स्वास्थ्य चौकी र ४ नम्बर वडाको फुल्पिङडाँडा स्वास्थ्य चौकीका लागी सामाग्री प्रदान गरिएको हो ।

अत्यावस्यक औजार तथा उपकरण पाएपछि बर्थिङ सेन्टर संचालनका लागी थप सहजता हुने बलेफी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश साहले बताउनुभयो ।


, ,