३४ बर्षपछि फरार अभियुक्त प्रकाउ

चौतारा, असोज ११ । 

३४ बर्ष पहिले एक जनाको हत्या गरी फरार रहेका लिसंखुपाखर गाँउपालिका–७ साविक ठुलोपाखर गाविस–२ का फुर्पा तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । 

२०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका निजलाई जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आइतबार दिउसो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । हरार रहेका तामाङलाई जिल्ला अदालत चौताराले दोषी ठकर गरी सँजाय तोकेको थियो ।

, ,