सिन्धुपाल्चोक जिल्ला तत्कालिन ज्यामीरे गाउँबिकास समिती वडा नं ६ हाल मेलम्ची नगरपालिका वडा नं ९ स्थाइ ठेगाना भई हाल नेपाली काँग्रेस प्रतिनिधी सभा निर्बाचन क्षेत्र नं २ का क्षेत्रीय सभापती समेत रहनु भएका आइतमान तामाङ (ज्ञानू) सँग लोकप्रिय समाचार दैनिकका लागी नेत्रबहादुर बस्नेतले गर्नूभएको छोटो कुराकानीको अशं ः
१. तपाई राजनिती क्षेत्रमा कहिले देखी प्रबेश गर्नू भयो र यस अघी कँहा कँहा कसरी काम गर्नू भयो आफ्नो परिचय सहीत छोटकरीमा बताइदिनूहोस न ?
सर्ब प्रथम त प्रश्नका लागी नेत्र बस्नेतलाइ बिशेष धन्यबाद दिन चाहान्छू ,किन भने मेरा केही कुराहरु सञ्चार माध्ययम मार्फत आम नागरिक माझ पूर्याउँने प्रयास गर्नू भएको मा खाश गरि म राजनीतीमा २०४८ साल देखी नै सक्रिय रुपमा लागी परेको छू । . २०४८ सालमा मैले नेपाल बिद्यार्थी संघबाट राजनीती यात्रा शुरु गरेको हो । यस बिचमा म नेपाली कााग्रेस पार्टीको जिल्ला कार्य समितीको सदस्य मेलम्ची नगर कार्य समितीको सभापती हँुदै हाल क्षेत्रीय सभापतीको भूमिकामा रहेको छू । मैले धेरै सामाजकि कामहरु गरेको छु । काठमाण्डौमा रहेर बिभिन्न कारणबाट समस्यामा परेकाहरुलाइ आफूले सकेको सहयोग गरेको छू। सिन्धूपाल्चोकबाट काठमाण्डौ गएका केही मानीसरलाइ साथी भाइ हरु सँग सम्मन्वय गरि रोजगारी खोजी रोजगारीको समेत ब्यबस्था गरिदिएको छु । बिकास निर्माणका कामहरुमा सहयोग गरिरहेको छु । म खासग गरि पछिल्लो समयमा सामाजीक काममा नै ब्यस्त रहेको छु ।
२. तपाइको अहिले सम्मको अनुभव र उद्धेश्य बताइ दिनुहोस न ?
म एक नेपाली काँग्रेस बिचार बोकेका काँग्रेसको सिपाइ पनी भएको हँुदा पाटीको बिचार, सिद्धान्त बिधी बिधान, निर्देशिका पार्टी द्धारा निर्देशित भुमीकामा रहेर पदीय जिम्मेवारी बहन गर्दै सम्पुर्ण मतदाता सङ्गठनका आधारमा समग्रमा मुलुकमा रहेका आबाजबिहीनहरुको आबाज बुलन्द गर्ने एउटा गौरबशाली इतीहाँस बोकेको प्रजातान्त्रीक बिचार समुहको प्रतिनिधीत्व गर्ने एक मात्र पार्टी नेपाली काागे्रसको एउटा अनुयायी हुनुका नाताले आफुलाइ गर्व महशुस गर्दै आगामी दिनमा प्राप्त उपलब्धीको सस्थागत रक्षाका लागी सङ्गठन गर्देै जाने उद्धेश्यका साथ म अगाडी बढी रहेको छु। र आगामी निर्बाचनमा नेपाली काँग्रेसलाइ यस क्षेत्रमा पहीलो जनताको पार्टी बनाउँने उद्धेश्य राखेको छु। .
३. तपाइलाई नेपाली काँग्रेस जस्तो इतीहास बोकेको पाटी को क्षेत्रीय सभापतीमा रही जिम्मेवारी भएर काम गरिरहँदा कस्तो लागेको छ ?
मेले माथी नै उल्लेख गसिकेको छु जहाँनिया राणा शासन पञ्चायती शासनका र राजतन्त्रको अन्त्य गरि गणतन्त्रको स्थापना गरि २०४७ को सम्बिधानको निर्माण गरि माओबादी आनदोलनको समेत ब्यबस्था गर्न सक्षम रहेको राजनिती पाटी , निर्बाचनको माध्ययमद्धारा लोकतन्त्रको रक्षा गर्ने मुलुकमा जनचाहाना अनुसार भएका हरेक आन्दोलनका नेतृत्व गरिरहेको यस्तो एैतिहासिक पार्टीको क्षेत्रीय सभापती जस्तो जिम्मेवारी पदमा रही काम गर्ने मौका पाउँदा आफैमा गौरबको कुरा हो यसरी जिम्मेवारी बहन गर्न पाउँदा गर्व लागी रहेको छ ।.
४. तपाइले यो क्षेत्रमा काम गरेर के के सफलता पाउँनु भयो ?
हिजो का मितीमा पञ्चायतका हस्ती का रुपमा चिनीनु भएका २५ औ बसन्त पार गरेका पशुपती शम्सेरको यस क्षेत्रमा काँग्रेस भनेर चिनिनु आफैमा चुनौती पुर्ण भएको अबस्थामा लोकतन्त्र र प्रजातन्त्रको संस्थागत बिकास बिना मुलुकको समृद्धी अधुरो हुने कुरा आम जनमानसमा पुर्याउँदै सङ्गठीत रुपमा लोकतान्त्रीक समाजबादको यात्रामा यस क्षेत्रका आम नागरिकलाइ आबद्ध गराउँने शिल सिलामा नेपाली काँग्रेस प्रती बिश्वास र यसको मर्म सिद्धान्तलाइ मनन गरेर यसपार्टीमा समाबेस हुने बाताबरण श्रृजना गर्न सक्नु र यसरी पार्टीमा आबद्ध गराउँन सफल हुनु नै मैले मेरो राजनीती ससफलता हो भन्ने ठानेको छु र आगामी दिनमा नेपाली काँग्रेसलाइ यस क्षेत्रमा पहीलो जनताको पाटी बनाउँन लागी परिरहने छु।
५. राजनीती क्षेत्रमा काम गर्दा कतीको सहजता पाउँँनु भएको छ ?
म स्थानीय स्तर देखी नै सङ्गठनमा क्रियाशिल रहँदै आएको हुँदा सबै लोकतन्त्र प्रेमी नागरिकहरुको सहयोगका कारण त्यती असहज महशुस गरेको छैन . पारिबारिक तवरमा मात्र होइन सामाजीक तवरबाट पनी मलाइ राजनीतीका साथै सामाजीक काम गर्न सहजता भएको छ .
६. समग्रमा सिन्धुपाल्चोकको राजनीती गतीबिधी कस्तो रहेको छ ?
सँधै परिबर्तीत राजनीतीक ब्यबस्थाको परिबर्तनका पक्षमा रहेका जनताको भरोसामा कम्युनिष्ट बाट दिक्क भएका नागरिकका लागी अबका दिनमा निर्बीकल्प नेपाली काँग्रेस रहेको प्रष्ट छ । त्यसैले अबको दिनमा सिन्धुपाल्चोक जिल्लामा नेपाली काँग्रेस नै जनताको राजनीती पाटी हुने छ र नेपाली कााग्रेस मा नै राजनिती गतिबधि अगाडी बढ्ने छ
७. अहिले सम्म तपाइले केके गर्नु भयो बताइ दिनुहोस ?
मलाइ सानै देखी सामाजीक काम गर्न मन लाग्दथियो त्यही अनुसार म सामाजकि काम गर्दै आइ रहे को र नेपाली काग्रेस नै सामाजीक बिकासको लागी काम गर्ने एक मात्र पार्टी देखेका ले म यस पार्टीमा लागेको हुँदा पार्टीले दिएको जिम्मेवारी इमान्दारीका साथ बहन गर्दै नागरिकको चाहाना अनुसार बिकास तथा सङ्गठन र पार्टी सुदृढीकरणमा मेरो ध्यान गएको छ । म पार्टीको काममा ब्यस्त रहेको छु ।
८. यस जिल्लामा क्रियाशिल सदस्यको बिबाद छ भन्छन के यो सत्य हो यदी हो भने यसलाइ तपाइको क्षेत्रमा कसरी समधान गर्नु हुन्छ र गत बर्ष रोकीएका सदस्यताका बारेमा के भइ रहेको छ ?
१३औ महाधिबेशन देखी नै साबीकको २ नं क्षेत्रमा नेपाली काग्रेस प्रती आस्था राख्ने केही साथीहरुको क्रियाशिल सदस्यता बिबादमा पर्दै आएको छ । मैले यो जिम्मेवारी सम्महाल्दै गर्दा जिल्ला केन्द्र सबै तहमा यो समस्याका बारेमा जानकारी गराइ रहेको छु । यस तर्फ साथीहरुको क्रियाशिलता पाउँन पर्छ भन्ने पक्षमा म आफु रहेको र जिल्ला कार्य समिती तथा केन्द्रीय कार्य समिती पनी यस प्रती गम्भीर देखिएकाले १४औ महाधिबेशन सम्ममा यो समस्या समधान हुने बिश्वास दिलाउँन चाहान्छु ।
९. तपाइ सिन्धुपाल्चोक जिल्लाका २ नं क्षेत्रीय सभापती हुनुहन्छ आगामाी अधिबेशन को तैयारी के छ?कसरी हुन्छ ?
आगामी अधिबेशन पार्टीको १४औ अधिबेशन हो यो अधिबेशन पाटीको बिधी बिधान को परिधि भित्र रही केन्द्रको निर्देशन अनुसार केन्द्रले तोकेको मिती र समयमा लोकतान्त्रीक प्रक्रीया बाट सम्पन्न हुने छ । यसको तैयारी पनी सोही अनुसार भइरहेको छ
१०. हाल जिल्लामा समग्रमा राम्रा र नराम्रा पक्ष के के देखीएका छन ?
लोकतान्त्रीक पार्टी भएकाले असहमतीका आबाजहरु बाहीर आउानु स्वभाविक प्रकृया भएको र यसको उचित ब्यबस्थापन गर्नका लागी पाटीैका सस्थागत तहहरु सक्रिय रहेको अबस्था रहेको छन । यसको ब्यबस्थापन हुन्छ राजनिती हिसाबले हेर्दा जिल्लामा अहिलेको अबस्थामा नेपाली काँग्रेसमा राम्रा नराम्रा पक्ष भन्दा पनी सङ्गठन ब्यबस्थापन पक्ष राम्रा हुन जरुरी छ । यसको ब्यबस्थापनमा हामी सबै लागी परेका छौ । त्यसेले जिल्लाको स्थिती समग्रमा राम्रो देखीन्छ
११. नेपाली काँग्रेस अहिले बिपक्षमा छ सरकारले गरेका कमी कम्जोरीहरुका बारेमा कस्तो भुमिका खेलेको छ र समग्रमा पार्टी र जनताका लागी कस्तो कार्यक्रम गर्दै छ ?
नेपाली काँग्रेस लोकतान्त्रीक पार्टी भएकोले नागरिकले दिएको प्रतिपक्षको भुमिका यथोचित ढङ्गले निर्बाह गरिरहेका छ । साथै प्रतिपक्षको जनताको आबज उठाउँदै सत्ता पक्षको बेथितीका बिरुद्ध आबज उठाइ रहेका छौ
१२ं नेपाली काँग्रेस गुट उपगुटले पछीपरेको छ भन्छन के यो सत्य होत यदी हो भने यसलाइ कसरी मिलाउँन पर्छ होला ?
स्वभाबीक रुपमा लोकतान्त्रीक पद्धतीमा एक आपसमा बिचार आदन प्रदान हुन्छ यस्तो हुँदा गुट उपगुट देखीन्छ । तर यसको उचित ब्यबस्थापन पद प्राप्त गर्ने ले पद प्राप्त नगर्ने हरु सँग पार्टीको निर्देशिका बिधी बिधान अनुसार सहकार्य गरेर काम गर्दै जाँदा यसको अन्त्य हुने छ । र अन्तमा जसले जँहाजस्तो बिचार राखे पनी प्रजातान्त्रीक तरिकाबाट अन्तीममा सहमती भएर अगाडी बढीने छ ।
१३. आगामी दिनमा पार्टीलाइ कसरी अगाडी लानु हुन्छ ?
लोकतानत्रीक मुल्य र मानयता अनुसार राज्यले परिकल्पना गरेको ब्यबस्थापकीय ढाँचा अनुसार साबैभोम नागरिकका हक र अधिकार सुनिश्चीतताका लागी सदा सक्रिय रहँदै आम नागरिकको जनचाहाना अनूरुप अघी बढ्ने योजनाका साथ लागी रहने छु . पार्टीलाइ पनी सोही अनुसार बिधी बिधान बाट सञ्चालन गर्ने गराउँने छु
१४. अन्तमा तपाइले भन्न छुटाएका कुरा हरु के छन ?
सर्ब प्रथम मेरो बिचार जनता सामु पुर्याउँने महत्वपर्ण भूमिका खेल्नु भएकोमा तपाइ मार्फत लोकप्रिय समाचार दैनिकलाइ धन्यबाद दिन चाहान्छु ।
समग्रमा बिश्वमा नै कोरोनाको महामारीबाट आक्रान्त भएको बर्तमान अबस्थामा हाम्रो जिल्ला पनी अछुतो रहेको छैन ।
यसका साथै सिन्धुपाल्चोक जिल्ला बाढी पहीरोका कारण अक्रान्त बनेको बर्तमान अबस्थामा नेपाली कााग्रेस क्षेत्रीय कार्य समितीको तर्फबाट उद्धार तथा राहातका लागी पार्टी सङ्गठनका बिभिन्न तह र तप्काका नागरिकलाइ परिचालन गरिएको कुरा अनुरोध गर्दै यस बिपदको घडीमा आम जिल्ला बासी तथा क्षेत्र बासीहरुमा सुरक्षाका साथ रहनका लागी अनुरोध गर्दछु । जय नेपाल