पाँचखालमा काँग्रेसद्धारा सामाग्री हस्तान्तरण

 

 नेपाली कांग्रेसका  क्षेत्रीयय सभपाति एवम पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लाइ काँग्रेसकै नेताहरु द्धारा सुरक्षा सामाग्री हस्तानन्तरण गरिएको छ । नेपाल विद्यार्थी संघका नेता अन्जन राज खतिवडा का अनुसार नेपाली कांग्रेस का नेता तथा पूर्व क्षेत्रिय सभपाति एबम प्रदेश सभा उमेद्वार सुन्दरमणी आचार्य, कांग्रेस नेता एबम तरुण दल काभ्रेका अध्यक्ष दावा लामा, नेपाली कांग्रेसका नेता कुमार लामिछाने, नगर सभपाति गणेश अधिकारी, भुम्लु गाउपालिका सभापति अञ्चल लामा, महासमिती सदस्य हेम लामा, महाधिवेसन प्रतिनिधि सुनिता तमाङ, जिल्ला सदस्य अर्जुन सापकोटा, नेपाली काँग्रेसका नेता मुकेश पन्त, नेपाली काँग्रेस की नेतृ शान्ता थापा क्षेत्री कांग्रेस नेता मान बहादुर तमाङ, माइली दनुवार वडा अधक्ष, वडा सभपातिसहित कांग्रेस नेता हरु पाँचखाल नगरपालिका पुगि नेपाली कांग्रेस काभ्रेको  क्षेत्र नं २ का संघीय उप सभपाति एवं महाधिवेसन प्रतिनिधि बेल लामाले पाँचखाल नगरपालिकाका नागरिकहरुलाइ माक्स लगाएत सेनिटाइजर  खाद्यन्न सहीत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।


लामाले पाँचखाल नगरपालिकाको लागी स्वास्थ्य समाग्री माक्स सेनिटाइजर जस्ता आवस्यक सामाग्री उपलब्ध गराएउँनु भएको हो । ६५०० थान माक्स, ६५ लिटर सेनिटाइजर कांग्रेस क्षेत्रीयय सभपाति एवम पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र उपमेयर लक्ष्मी दनुवारलाई हस्तान्तरण गरिएको हो ।

वितरित सामाग्रीहरु लामाको निजि खर्चमा उपलब्ध भएको हो भने कार्यक्रममा लामाले आफु जस्तोसुकै परिस्थितीमा पनि कोभिड–१९ बिरुद् आफ्नो नगरपालिका लागी सक्दो सहयोग गर्ने र अबिचलित भै कोभिड बिरुद् आम नागरिकहरुमा  जनचेतनामुलक कार्य र समाजसेवामा प्रण गरेर अघि बढ्ने प्रतिबद्धता गर्नु भएको थियो। उँहाले नेपाली काँग्रेस सत्यता बिधी बिधनाको पद्धतीमा बिश्वास गर्ने भएको ले यस प्रती जनताको बिश्वास बढ्दै गएको बताउँनु भयो । सामाग्री जिम्मा लिदै नगर प्रमुख खरेलले यस्ता सहयोगी हातहरुका कारण पाँचाखाल बासलाइ महामारीबाट बचाउँन सहयोग पुगेकाले सहयोगी लामालाइ बिशेष धन्यबाद दिदै आगामी दिनमा पनी सहयोगको आपेक्षा राखेको बताउँनु भयो ।  


, , ,