राष्ट्रियप्रजातन्त्रपार्टीको एकतामहाधिबेशन काठमाण्डौमा



राष्ट्रियप्रजातन्त्रपार्टीका केन्द्रीय सचिबालका प्रमुख धुव्र बहादुर प्रधान का अनुसार अध्यक्ष पशुपतिशम्शेर ज.ब.रा.को अध्यक्षतामा मङ्गलबार  बसेको पार्टीको केन्द्रीयकार्य समितिकोे बैठकले  पार्टीएकिकरण सम्बन्धमा ः मिति २०७६÷११÷२४ को एकिकरण सम्बन्धिआधार पत्रबमोजिम राष्ट्रियप्रजातन्त्रपार्टी र राष्ट्रियप्रजातन्त्रपार्टी (संयुक्त) वीचभएको एकिकरणनिर्वाचनआयोगमादर्ता गर्ने,। पार्टीको अन्तरिम विधान सम्बन्धमा ः राष्ट्रियप्रजातन्त्रपार्टी र राष्ट्रियप्रजातन्त्रपार्टी (संयुक्त) वीचभएको मिति २०७६÷११÷२४ को एकिकरण सम्बन्धिआधार पत्रबमोजिमपार्टीको नाम राष्ट्रियप्रजातन्त्रपार्टी राख्ने तथा साविक राप्रपाको विधानएकिकृत पार्टीको अन्तरिम विधानहुने सहमतिभएको हुँदातत्कालिन राष्ट्रियप्रजातन्त्रपार्टी निर्वाचनआयोगमादर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभातथाप्रदेश सभाको निर्वाचन २०७४ मा  पेश भएको राजनैतिकघोषणापत्रलाई एकिकरणपश्चातको राष्ट्रियप्रजातन्त्रपार्टीको अन्तरिम विधान र घोषणापत्रकायम गरी त्यसको जानकारी निर्वाचनआयोगमापठाउने निर्णय गरेको छ  । 


बैठकले पार्टीको नियमावली, घोषणापत्र, झण्डा र छाप (लोगो) सम्बन्धमा ः राष्ट्रियप्रजातन्त्रपार्टी संचालनार्थ तयार गरिएको नियमावली, घोषणापत्र र लोगो (छाप) लाई यसै वैठकले अनुमोदनगर्दै निर्वाचनआयोगमापठाउने निर्णय गरियो । साथै पार्टी अन्तरिम विधान, नियमावली र घोषणापत्रमाउल्लेखितकुनै वुँदाहरु बाझिएमापार्टी एकिकरण सम्बन्धिआधारपत्रअनुसार नै हुने निर्णय गरेको छ  । 

यसै गरि . पार्टीको झण्डा र चुनावचिन्ह सम्बन्धमा । क) साविक राष्ट्रियप्रजातन्त्रपार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डाएकिकृत पार्टीको झण्डाहुनेछ । ख) पार्टीको चुनावचिन्हहलो कायमगर्ने निर्णय गरेको छ  । बैठकले  महाधिबेशन सम्बन्धमा । राष्ट्रियप्रजातन्त्रपार्टीको एकतामहाधिबेशन २०७८ बैशाख २५ देखि २८ सम्मकाठमाण्डौमागरिनेछ । स्थानीयतहको निर्वाचननजिकिँदै गएको सन्दर्भलाई दृष्टिगतगर्दै उल्लेखितमितिमामहाधिबेशनअनिवार्य रुपले सम्पन्नगरिनेनिर्णय गरेको छ । 

बैठकले  अख्तियारी दिने सम्बन्धमा ः श्री निर्वाचनआयोगमागई राष्ट्रियप्रजातन्त्रपार्टी दर्ता सम्बन्धि सम्पूर्ण काम कारवाहीगरि दलदर्ता गरी ल्याउनको लागि नेताश्री दिपकबोहोरा, बरिष्ठअधिवक्ताएवं केन्द्रीय सदस्यश्री राजु बस्नेत, केन्द्रीयसदस्यश्री धुव्र बहादुर प्रधान,केन्द्रीय सदस्यश्री रामशरणपाठकलाई अख्तियारी प्रदानगर्ने निर्णय गरियो ।  उक्त बैठकमाअध्यक्षद्वयश्री कमलथापा, डा.प्रकाशचन्द्र लोहनीएवं पार्टीका बरिष्ठ नेतागणको उपस्थिति रहेको थियो  ।


, , ,