नेपाल भारत महिला मैत्री समाजद्धारा सहयोग
चौतारा , भदौ २८ ।
भारतीय दुतावास, नेपाल भारत महिला मैत्री समाजले, सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग गरेको छ ।
पछिल्लो समयमा जिल्लामा पहिरोले क्षति पुर्याइरहेको अबस्थामा समाजले आइतबार बाह्रबिसे नगरपालिका सहित ३ पालिकालाई सहयोग गरेको हो । जिल्लाका वाह्रविसे नगरपालिका, जुगल गाउँपालिका र सुनकोसी गाउँपालिकामा वाढी पहिरोको कारण पीडित भएकालार्ई राहत सहयोग गरेको हो ।
समाजले वाह्रविसे नगरपालिकालाई ९० वटा टेन्ट र १६८ वटा जुगल गाउँपालिकालाई ७० वटा टेन्ट ९० वटा त्रिपाल र सुनकोसी गाउँपालिकालाई १० वटा टेन्ट १४ वटा त्रिपाल उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभएको छ ।
संसद चन्दा चौधरी, भारतिय दुतावासका एम्पी सिं लगायतको टोलिले नगरपालिका तथा गाउँपालिकाका प्रतिनीधिहरुलाई आइतावार सो राहत सामाग्री हस्तान्तरण गरेको हो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल लगायत सुरक्षा निकायका प्रतिनीधिहरुको समेत उपस्थीति रहेको थियो ।