घाँस काट्ने क्रममा भिरबाट लडेर गर्भवति महिलाको मृत्यु

चौतारा,भदौ २५ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ५ मा घाँस काट्ने क्रममा भिरबाट खस्दा एक जना महिलाको मृत्यु भएको छ ।

जुगल गाउँपालिका–५ की ४३ वर्षीया महिलाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानिय फुलबहादुर तमाङ (जिम्बा) की ४३ बर्षिय सन्च माया तामाङको मृत्यु लडेर मृत्यु भएको हो ।

गर्भवति समेत रहेकी उनको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो । स्थानियका अनुसार उनको पेटमा रहेको ८ महिनाको बच्चा भने जिवित रहेका थिए । तर जिवित बच्चालाई भने बचाउन सकिएन । बच्चाको उपचारका लागि काठमाडौं लागिंदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

मृतक महिला पेट फुटेर आन्द्राभुँडी निस्किएको अवस्थामा फेला परेकी थिइन् ।

,