बर्तमान सरकार पूर्ण रुपमा असफल साबित भै सकेको छ. पाण्डे

 सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नं.४ पिस्करका पिता  देवी जँग पाण्डे माता अमृत कुमारी (स्व) का  कोष बाट जन्म लिनु भएका बर्ष ५९का राष्ट्र्ीय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य समेत रहनु भएका नारायन जँग पाण्डे सँग लोक प्रिय समाचारका लागी नेत्र  बहादुर बस्नेतले गर्नु भएको छोटो कुराकानी 


तपाई अहिले कुन जिम्मेवारीमा रहनु भएको छ ?

म राप्रपा को वडा इकाई समिति क्षेत्रीय सदस्य हुदै हाल जिल्ला कार्य समितिको निर्वाचित सदस्यको साथै केन्द्रिय प्रशिक्षकको रुपमा कार्यरत छु 

हालसम्मको देशको राजनितीक अवस्था के रहेको छ ?

विगत ७० वर्षको ईतिहासमा यतिको शक्तिशालि सरकार बनेको रेकर्ड बनेको छैन । ०१५ लाई छोडेर, तर बाँदर लाई नरिवल दिएर अर्थ रह्यो र । बर्तमान सरकार पूर्ण रुपमा असफल साबित भै सकेको छ । भ्रष्टचार नाताबाद, कृपाबादलाई नै पार्टीको मुल एजेण्डा बनाएर हिडेको नेकपाको सरकार “छेपारोको मन्त्र नजान्ने सर्पको दुलामा हात हाल्ने”जस्तै भएको छ । अर्थात यो सरकारलाई “भङेरो मार्न सजिलो, भुल्याउन गाह्रो” भएको छ ।


विश्व्यापी रुपमा फैलिएको कोरोना माहामारीका कारण राजनितीमा असर गरेको पाउनुभयो ?

उत्तरः यो कोभिड १९ प्राकृतिक रुपमा फैलिएको हो वा कृतिम रुपमा फैलिएको हो भन्ने बारेमा अहिले विश्वमा बहसको थालनि भएको छ । जब जब यस्ता माहामारी संसारमा उत्पादन हुन्छन्, नियममा पनि पस्ने राजनितिमा असर पुर्याउछ ।


यसको रोकथाम तथा उपचारको लागि कसरी व्यबस्थापन गर्न पर्ने देखिन्छ ?

उत्तरः यदी यो कृतिम रुपमा चलाइरहेको हल्ला हो भने केहि गरीरहनु पर्ने देखिन्न । प्राकृतिक रुपमा नै देखा परेको हो भने हाल सम्म यसको कुनै उपचार नभएको सत्य हो ।सामाजिक दुरी नै यसको उत्तम औषधी हुन सक्छ । तर सरकार यसको नियन्त्रणको नाममा जसरी अरबौ रुपयाँ भ्रष्टचार गर्ने मौकाको रुपमा लिइरहेको छ त्यो नितान्त गलत हो ।

हाम्रो देशमा प्राकृतिक विपत्ति परी रहेको पाईन्छ हाल मात्र बढी पहिरोले ठुलो क्षति गरेको छ, यस सम्बन्धमा यहाको धारणा के छ ?

उत्तरःअव त्यस्ता प्राकृतिक विपत्ति संसारमा जहा कहि पर्ने गरेको छन् । विभिन्न रुपमा प्रकृतिको अगाडि सबै नतमस्तक हुनै पर्छ तर पनि के यस्ता विपत्ति पहिलेको तुलनामा अहिले बढेको हो वा होइन प्रश्न गर्नुपर्ने समय भयो ।यदी बढेको हो भने मानिसले प्रकृतिलाई चुनौति दिदा को परीणाम सम्झनु पर्छ ।


समग्र अहिले देखिएको समस्या के हुन् र समाधानको लागि के गर्नुपर्छ ?

अहिलेको प्रमुख समस्या कोरोना नै हो । यसको बावजुद राजनैतिक नेतृत्वमा रहेको दलहरुको भ्रष्ट मनोबृति नै मुल जड हो । यस्ता जडहरुलाई उल्लेख रुपमा निर्मुल गर्न जनता सचेत हुनेपर्छ ।


स्थानिय सरकारले गरेको कामहरुको बारेमा यहाले कसरी हेर्नु भएको छ  ?

कतिपय स्थानिय सरकारले राम्रा कार्य पनि गरेको छन् । तर अधिकांशले जनता प्रति नभई कुनै पार्टी वा व्यत्तिको लागि काम गरेका प्रशस्त उदाहरण हुन् ।यो त “शिरमा टोपी छैन खुट्टामा खोल” भने जस्तै भईरहेको छ ।

तपाईको विचारमा जनप्रतिनीधिले नागरिको लागि कस्तो काम गर्नु पर्छ ?

उत्तरः यसको उत्तर सजिलो छ ।एउटा अभिभाबकले आफ्ना सन्तान प्रति के गर्नु पर्ने हुन्छ, ठिक त्सरीनै जनप्रतिनीधि प्रस्तुत अुनु पर्छ ।

तपाईको भावी रणनीति कस्तो छ, कसरी अगाडी बढ्ने योजना छ ?

उत्तरः हामि अहिले राप्रपाको संगठनलाइ संगठित गर्दै अझै अगाडि लैजानेमा व्यस्त छौ । दुर्भाग्य यसै विचमा प्रकृतिक चपेटामा परेको कारण केहि सुस्त भईरहेको छ । यसबाट निस्केपछि हामि पुर्वबत सक्रिय रहने छौ । र आगामि निर्वाचनमा राप्रपा लार्य एउटा शक्तिसालि प्रजातान्त्रिक पाटी बनाएर छाड्ने छौ । 

राष्ट्र्ीय प्रजातन्त्र पार्टीले सनातन धर्मको बिषय छोडेको हो यसमा , कसरी अगाडी बढ्ने योजना छ ?

 हामी हरु पहिले त धर्म सस्कारमा बिश्वास गर्ने एउटा सस्थाको रुपमा रहेको यो पार्टीले धर्मको बिषयमा आबाज उठाइरहेकै छ । अहीले यो महामारीका कारण पनी हो चुब लागेर बसेको जस्तोे देखिएको छ । हामी  नब्बे प्रतिशत भन्दा बढीले मानीरहेको सस्कारको बिरोधमा जान सक्दैनौ हामी आगामी दिनमा यसको शसक्त  तरिकाले आबाज उठाँदै  बिश्वले मानेको हिन्दु राष्ट्र् नेपाल पुनस्थपानाका लागी अगाडी बढ्ने छौ । 

अत्यमा के भनाई छ ?

अत्यमा तपाईको यस लोकप्रिय संचारमाध्यम मार्फत यस जिल्लामा हाल भएको ठुलो धनजनको क्षति प्रति दुःख व्यक्त गर्दछु ।यस्तो विपदको घडिमा हाम्रो पार्टीले आफुले सकेको सहयोग गरिरहेको नै छ र भविष्यमा पर्ने आपत विपतमा राप्रपा सधै सिन्धुबासिको साथमा हमेसा रहने छ ।





, , , ,