उद्यमी बन्न चाहनेलाई लिसँखुपाखरले १ प्रतिशतमा कर्जा दिने

चौतारा, भदौ ३० । 

 लिसँखुपाखर  गाँउपालिकाका बेरोजगार, बिपन्न तथा उधमशिल बन्न चाहाने नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत पुर्ण उधमब्याबसाय कर्जा प्रदान गरिने भएको छ ।

उधमिको आर्थिक शसक्तिकरण मार्फत गापा लाई कृषि, पशुपँक्षिपालन,तथा लघु, घरेलु उधोगजन्य उत्पादन लगायतमा निर्यातयोग्य गाउपालिका निर्माण गरि समग्र गापा को आर्थिक सामजिक बिकासमा टेवा पुर्याउन लिसँखुपाखर गा पा र नेपाल बैक केन्द्रीय कार्यालय बिच भाद्र ३० ऐतिहासिक सम्झौता भएको छ ।

यसबाट बास्तबमै केहि गर्ने आँट भइ मिहेनत गर्न सक्ने तर आर्थिक अभावमा भौतारि रहेका लिसंखु पाखरका स्थानीयहरुको लागि सार्है सुखद खबर भएको र पालिका प्रमुख कमल नेपाल को नेतृत्वमा सिङ्गो टिमले पालिका भित्रका हरेक वडाका लक्ष्यित नागरिक मध्ये अति आबश्यक र गर्न सक्ने दुबै कुरा समेटेर यसबाट बास्तब मै परिणाममुखी कार्य भै ब्यक्ति वा समुहको स्तर सुध्रिने मात्र हैन पालिकाको इज्जत बढ्ने काम भएको भन्दै स्थानीय बासीहरु खुशी भएका छन।

गाँउ पालीकाका अध्यक्ष कमल नेपालले आफ्ना पालीकाका कोही पनी नागरिक बेरोजगार रहन नपरोस सबैले रोजगार पाउँन सबै आत्मा निर्भर बन्न सकुन भन्दै बिगतका बर्ष देखी यस्तो कार्यक्रमहरुको सुरुवात गर्नु भएको हो । पालीकाम हरेक उत्पादनमुलक कामहरु गर्न सकिन्छ यसका लागी आर्थीकको समस्या हुन्छ ।

यो समस्या समधान गर्न गाँउपालीका लागी परेको छ अब आर्थीकको कमीले गर्दा उद्योग ब्यबसाय गर्न बाट बञ्चीत रहन नपर्ने गाँउ पालीकाका नागरिकलाइ पालीकामा नै आत्मा निर्भरता बन्न सहज भएको र अब खेती, किसान र पशुपालकहरुलाइ समेत धेरै सहज भएको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसा दुलालले बताउँनुभयो । 

, , ,