स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको छः आचार्य

 सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालीका  साबिक मांखा गाबिस ०४ गतेका दिन  पिता यज्ञ प्रसाद आचार्य  र माताँ  देवकी आचार्य सुपुत्रीका रुपमा जन्मनु भएकी बर्ष ३० की दुर्गा आचार्य । आचार्य हाल  प्रेस युनियन सिन्धुपाल्चोककी अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको उपाध्यक्ष हुनुहुन्छ, उहाँसँग समसमायिक बिषयमा लोकप्रिय समाचार दैनिककले गरेको छोटो कुराकानीको अंशः 

१. तपाइ अहिले कुन जिम्मेवारीमा रहनु भएको छ ?

म हाल नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको उपाध्यक्षको भुमिकामा रहेर संचारमाध्यम र संचारकर्मीहरुको हक हितको लागि लागिपरिरहेको छु । 

२. हाल सम्मको देशको राजनीती अबस्था के रहेको छ ?

अहिले कोभिड १९ ले देशको राजनितिलाई पनि असर गरेको छ ।  नेताहरु आ आफ्नै घरमा लकडाउनमा छन् । राजनितिक स्थिरता छैन् । नागरिकहरु राजनितिक दलहरुसँग निराश छन् । नेताहरु आ आफ्नै स्वार्थमा लिप्त छन् । नागरिकका पीर मर्कामा कसैको भूमिका प्रभावकारी छैन् ।

३. बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण  राजनितीमा  असर गरेको पाउँनु भयो ?

राजनितिमा व्यापक असर गरेको छ । साथै महामारीले राजनितिक गतिविधी रोकिएको पनि छैन । गर्नैपर्ने कामहरु भैरहेका छन् । राजनितिक दल तथा संघ संगठनका गतिविधि भने ठप्प छन् । 

 ४. यसको रोकथाम तथा उपचारको लागी कसरी ब्यबस्थापन गर्न पर्ने देखीन्छ ? 

पहिलो कुरा त रोग लाग्नै दिनुहुन्न । लागिहालेमा पनि कोरोनाको उपचार पद्धति विश्वमा पत्ता लागिसकेको छैन् । त्यसको लागि उच्च मनोबलका साथ हामीले कोरोना विरुद्ध लड्नुपर्छ । नियमित रुपमा योगा, ध्यान गर्नुपर्छ । स्वच्छ र स्वस्थ खानेकुराहरु खानू पर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । सरकारले पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्छ । स्थानीय तहमै आइसोलेसन निर्माण गरी दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्छ । 

५.हाम्रो देसमा  प्रकृती बिपती परिरहेको पाइन्छ हाल मात्र बाढी पहिरोले ठुलो क्षती गरेको छ यस सम्बन्धमा यँहाको धारणा के  छ ?

हाम्रो देश भौगोलिक रुपमा सुन्दर छ ।  कमजोर प्राकृतिक बनोटका कारण पहाडी तथा हिमाली भूभागमा पहिरो र बाढीले मानवीय र भौतिक क्षति पुग्ने गर्छ भने तराईमा डुबानको समस्या छ । अब बस्ती बिस्तारमा भौगोलिक अध्ययन गरी मानवीय बस्तीहरु विकास गनुपर्छ । कहाँ खेती गर्ने, कहाँ मानवीय बस्ती बसाल्ने अध्ययन र अनुसन्धान गर्नुपर्छ । र सोही अनुसार व्यवस्थित र एकिकृत बस्तीहरु निर्माण हुनुपर्छ । 

६. हाल सम्म भए गरेका कामहरुका बारेमा यँहाको कस्तो अनुभब रहेको छ ?

कोरोना नियन्त्रणमा राज्यको व्यापक पैसा खर्च भइरहेको छ । तर त्यसको प्रतिफल जनताले पाउन सकेका छैनन् । क्वारेन्टिन र आइसोलेसनहरु अव्यवस्थित छन् । त्यहाँ संक्रमितहरुले पर्याप्त पौष्टिक आहारहरु खान पाएका छैनन् । पर्याप्त सरसफाइमा ध्यान दिन सकेका छैनन् । बिरामीलाई तल्लो स्तरको व्यवहार गरेका घटनाहरु आएका छन् । गरिएका खर्च र नागरिकले पाएका सुविधा तुलनै गर्न सकिन्न । आकाश जमिनको फरक छ । देशभर यति लामो समयसम्म लकडाउन गरिएको छ । विपन्न वर्गहरुले कसरी जीवनयापन गरे भन्ने बारे तीनै तहका सरकारलाई केही मतलब छैन् । ६ महिनासम्म मानिसहरुले नियमित काम गर्न पाएका छैनन् । राम्रै आर्थिक अवस्था हनेका लागि समेत बाँच्न कठिन भएको छ । मजदुर र विपन्नहरु भोकभोकै मर्न बाध्य छन् । त्यस्तै प्राकृतिक विपतिले नागरिकरु त्यतिकै बिचल्लिमा छन् । उनीहरुको सुरक्षित व्यवस्थापनको लागि कुनै खाका छैन् । अस्थायी र असुरक्षित बसोबासले उनीहरुमा डिप्रेसनको खतरा छ साथै विभिन्न आपराधिक घटनाहरु हुने सम्भावना छ । 

७. समग्रमा अहिले  देखीएका समस्या के हुन र समधानका लागी के गर्नु पर्ला ?

अहिलेको मुख्य समस्या कोरोना रोकथाम र नियन्त्रण नै हो । स्थानीय तहमा भ्रष्टाचार र प्राकृतिक विपत्ति अहिलेको मुख्य समस्या हुन् । समस्या समाधानका लागि एक जना र एउटा क्षेत्रले मात्रै गरेर हुन्न् । यसका लागि सामुहिक प्रतिबद्धता जरुरी छ । तर त्यस्तो गरेको पाइन्न । संघ, प्रदेश र स्थानीय सरकार आ आफ्नै पारामा छन् । उनीहरुबीच कुनै संयोजन भएको पाइन्न । जस लिने हतारो मात्रै छ । जसका कारण जनताका समस्या जस्ताको तस्तै छ ।  

८.स्थानीय सरकारले गरेका कामहरुका बारेमा यँहाको मुल्याङ्कन कस्तो छ ?

स्थानीय सरकार कोरोना नियन्त्रणमा एक्लै लडिरहेको छ  र राम्रो काममा हौसला दिनु र नराम्रो काममा खबरदारी गर्नु जरुरी छ । सबै स्थानीय तहले राम्रै गरेका र सबैले नराम्रै गरेका भन्ने छैनन् । सबैका कामहरु हेरेर प्रसंशा र खबरदारी दुवै गर्न जरुरी छ । स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको छ । कुनै पनि विकास निर्माणको काम होस् या कोरोना नियन्त्रणका काम तिनीहरुमा गरेको खर्च अपारदर्शी छ । पारदर्शी बनाउन खबरदारी गर्न जरुरी छ । हामीले तिरेको करबाट हाम्रै ठाउँ विकासमा लागि योजनाहरु आउने गर्छन तर ती अमुख शक्ति र आफन्तहरुलाई दिएर मिलिजुली खाने प्रचलन छ । जसले भ्रष्टाचारलाई अझ प्रसय दिएको छ । पार्टीगत छाँयाबाट स्थानीय सरकार माथि उठ्न सकेका छैनन् । विकास निर्माणका काम आफ्नो् क्षेत्र र स्थानमा मात्रै बढी हुने गरेका छन् ।   

९. तपाइको बिचारमा जन प्रतिनिधीले  नागरिकको लागी कस्तो कस्तो काम गर्नु पर्छ ?

जनप्रतिनिधि सेवक हुन् । उनीहरु नागरिकको सेवा गर्न त्यहाँ पुगेका हुन्छन् । तर अहिलेका जनप्रतिनिधि सेवक भन्दा पनि शासक बढी देखिन्छन् । जनप्रतिनिधिमा हुनुपर्ने शालिन स्वभाव र सेवामूखी भावना पाइन्न । उनीहरु गोलमटोल कुरा गरेर नागरिकलाई ढाँट्छन् । ४ वर्ष शासक र एक वर्ष सेवक भएर मात्रै पुग्दैन् ।

 १०. तपाइको भाबी रणनिती  के छ  कसरी अगाडी बढ्ने योजना  छ ?

अहिले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने नै हो, एउटा पत्रकारले कति गर्न सक्छ त्यति गर्ने नै हो । कोरोना नियन्त्रणपछि संस्थागत विकासमा ध्यान दिँदै संस्थाका सदस्यहरुको व्यवसायिक र पेशागत विकासमा भूमिका खेल्ने नै छु ।  

११. हाल सम्म यँहाले संगठनमा के र कस्ता कामहरु गर्नु भयो र भबिष्यमा के योजना छ ?

प्रेस युनियनले आफ्ना सदस्यहरुको कोरोना बिमा गरेको छ । स्वास्थ्य सामग्री पनि वितरण गरेको छ । व्यवसायिक र पेशागत अभिवृद्धिका लागि सदस्यहरुलाई विभिन्न तालिमहरु दिने योजना छ कोरोनाका कारण त्यो सम्भव भएको छैन् । छिट्टै अनलाइन प्रविधिबाट त्यस्ता कार्यक्रम गर्ने तयारी छ ।

 १२. अन्तमा याँहाको भनाइ के रहेको छ ?

 यहाँहरुले यो अवसर दिनुभयो धन्यवाद । कोरोनाबाट आफू र घरपरिवार सुरक्षित रहनुहोला ।


, , , ,