सबै बसमा सुरक्षा सामाग्री सहित चल्यो अरनिको यातायात

चौतारा, असोज ३ । 

लामो समय देखी रोकीएको सबारी साधन  सम्बिधान दिबसको दिन देखी नियमित सञ्चालनमा आएका छन । 


खाश गरि  सिन्धुपाल्चोक जिल्ला, दोलखा, रामेछाप लगाएतका भित्री गाँउहरुमा सेवा दिइरहेको पुर्ब अरनिको यातायता सेवा प्रालीका सवारी साधनहरु ले नियमित सेवा दिन का लागी गाँउ गाँउ गइरहेका छन ।

 २०७६चैत्र १०गते देखी थन्कीएर बसेका बसहरु २०७७ असोज ३ गते देखी मात्र नियमित रुपमा सञ्चालनमा आएका हुन । बिश्वब्यापी रुपमा फैलिएको कोराना महामारीका कारण लकडाउनमा परी बन्द भएको सेवा सञ्चालनमा आएको भएता पनि बसहरु यात्रु नभएका कारण खाली खाली चलाइ रहेका छन ।

यात्री नभए पनि नियमित रुपमा चैत्र १०गते अगाडी जसरी सेवा दिइरहेको हो त्यसै गरि सेवा दिन आफु मातहतका सवारी साधनहरुलाइ  प्रालीले अनुरोध गरेको छ । पुर्ब अरनिको यातायात प्रा.लि.का  चौताराका ब्यबस्थापक बिरेन्द्र हिमालयले एक जना मात्र यात्री भए पनि वा हुँदै नभए पनि सम्बन्धीत स्थानमा अनिबार्य बस जान पर्ने भएकाले खाली भए पनि चलाउँन परेको बताउँनु भयो ।

चेत्र १० गते भन्दा पहीले जसरी जुन जुन स्थानमा जुन जुन समयमा बस सञ्चालन गरेको थियो सोही सोही  समयमा र सोही सोही स्थानमा अनिबार्य रुपमा बस सञ्चालन गर्न पर्ने तर सरकारले तोकेको मापदण्ड अनसार मात्र यात्री राख्न पाइने  ३० सिट भएका बसहरुमा १५जना भन्दा बढी बोक्न नपाइने बसमा यात्रा गर्दा सुरक्षाका सामाग्री हरु माक्स लगाउँन पर्ने र सेनिटाइजर समेत प्रयोग गर्न पर्ने भएको छ । प्रत्यक बसका चालक सहचालकहरुले अनिबार्य हातमा पञ्जा लगाउँन पर्ने र बस सञ्चालकले यात्रीलाइ माक्स, स्यानिटाइजरको ब्यबस्था गर्न  प्रालीले अनुरोध गरेको र सोही अनुसार ब्यबस्था गरिएको हिमालयले जानकारी दिनु भयो ।   

सरकारले छोटो, लामो दूरीका सार्वजनिक यातायात संचालन गर्नका लागी  मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरे सँगै पुरानो अरनिको यातायात सृवा प्रालीले पनि सबै रुटमा लामो र छोटो दूरीका यात्रुवाहक बस संचालन गरेको  प्रालीका अध्यक्ष चित्रबहादुर कुँवरले जानकारी दिनु  भयो ।

प्रा.लि.ले सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, सिन्धुली लगायत ग्रामीण क्षेत्रमा यात्रुवाहक बस चलाउँदै  ग्रामीण क्षेत्रका नागरिकहरुलाइ सुबिधा दिदै आएको छ ।  प्रालीले काठमाण्डौ बाट बिहान ५बजे देखी साँँझ ५ बजे सम्म बिभिन्न स्थानका लागी बस छुटायँनका लागी रत्नपार्क खुल्ला मञ्च,चाहबेल,नारायणटार ,कोटेश्वर लगाएतका स्थानहरुमा टिकटको ब्यबस्था गरेको छ भने  यात्रीको चाहाना अनुसार माइक्रोबसको समेत सुबिधा प्रदान गरिरहेको छ । 


, ,