चौसागढी२ बतासेमा कोराना बिमाको ५०प्रतिशत छुट


बिश्वब्यापी रुपमा फैलीएको महामारी कोरानाका कारण  समस्यामा परेका  नागरिकका लागी  कोराना बिमा गर्नका लागी चौतारा साँगाचोकगढी नगरपालकिा वडा नं २ले आफ्ना नागरिकलाइ अनुरोध गरेको छ ।


वडाअध्यक्ष दिपेन्द्र थापाले आफ्ना वडा भित्रका नागरिकहरलाइ बिमा गर्न चाहेमा वडाको सिफारिसको आधारमा  पचास प्रतिशत छुट हुने हुँदा इच्छुकलाइ नागरिकता , जन्म दर्ता (१६ बर्ष मुनीकाको लागी ) र घर मुलीको फोटो सहीत वडाकार्यलयमा सम्पर्क राख्न अनुरोध गर्नु भएको छ । वडाध्यक्ष थापा द्धारा शुक्रबार जारी  सुचनामा यस्तो जनाइएको हो ।  बिमा कम्पनीहरुले कोरोना  बिमा गर्न का लागी प्रती ब्यक्ती ६००(छशयरुपैया) प्रिमियम तोकेका छन भने वडा कार्यलयबाट  सिफरिस लिइ गएमा ३००(तिन शयरुपैया) मात्र  प्रिमियम बुझाए पुग्ने भएको छ । 


, , , ,