पुर्वमन्त्री माननिय तामाङ्गद्धारा खानेपानी पाइप बितरण

नेत्रबहादुर बस्नेत,चौतारा असोज ५ । 

 सिन्धु पाल्चोक जिल्लालाइ खानेपानी समस्या मुक्त जिल्ला अर्थात खानेपानीको समस्या नभएको जिल्ला बनाउँन लागी पर्नु भएका पुर्ब कानुन मन्त्री माननीय शेर बहादुर तामाङ्गले खानेपानी उपभोत्तलाहरुलाइ खानेपानीको पाइप बितरण गर्नू भएको छ ।


 जिल्लाको हरेक नागरिकलाइ खानेपानीको सुबिधा पुर्याउँने भन्दै उाँहाले सिन्धु पाल्चोक जिल्लाका खानेपानी समस्यामा परेका नागरिकलाइ पानीको ब्यबस्थापनमा लाग्न जनप्रतिनिधीहरुलाइ अनुरोध समेत गर्नु भएको छ ।तामाङले  सोमबार करिब १ करोड २० लाख बराबरको खानेपानीको पाईप हस्तान्तरण गर्नु भएको हो ।

 ४९ वटा योजनाहरु मध्ये २६ वटा खानेपानी योजनाहरुको लागि सोमबार पाईप हस्तान्तरण गरिएको जनाइएको छ । कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरुसंग अन्र्तक्रिया गर्दै पुर्ब मन्त्री तामाङले राज्यद्वारा प्रदान गरिएका सेवा सुबिधाहरुको उच्च सदुपयोग गर्नका लागि उपभोक्ताहरुलाई अनुरोध समेत गर्नुभयो ।

उहाँले मेलम्चीको पानी काठमाडौं जानु भन्दा पहिलेनै सिन्धुपाल्चोकलाइ खानेपानी समस्या मुक्त जिल्ला घोषणा गर्नुपर्ने अभियानमा लाग्न अनुरोध गर्नु भयो । आफ्नो जिल्लाको पानी काठमाण्डौ जाँदै छ जिल्लाबासी चाँही खानेपानीको समस्या भयो भन्दै माग्दै हिड्दा यसको औचित्य के हुने भन्दै तामाङ्गले सिन्धुपाल्चोकको जो कोही नागरि।कले पनि उच्च शिर राखेर खानेपानीको समस्या समधान गर्न  तिर लाग्नु पर्ने मा जोडदिनुभयो ।

नेपाल सरकारखानेपानी मन्त्रालयको बिशेश योजना अन्तरगत मेलम्चि खानेपानी प्रभाबित क्षेत्रहरुमा गत बर्षदेखि बिभिन्न योजनाहरु सन्चालित रहेका छन ,जस अन्तरगत खरिद गरिएका खानेपानीका पाईपहरु उपभोक्ता समितिहरुका पदाधिकारीहरुलाई हसतान्तरन गर्नु भएको हो ।

सिन्धुपाल्चोक जिल्लालाई सन २०२२ सम्ममा गुणस्तरीय खानेपानी युक्त बनाउने विशेष योजना अन्र्तगत आफ्नो निर्बाचन क्षेत्रमा मात्र यस आर्थिक बर्षमा करिब ८० वटा आयोजनाहरुमा खानेपानी मन्त्रालयबाट रकम बिनियोजन गरिएको भन्दै खानेपानी मन्त्रालयलाइ पुर्ब मन्त्री तामाङले हार्दिक आभार समेत प्रकट समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ ,मेलम्ची नगरपालिका मेयर डम्बर अर्याल ,मेलम्ची खानेपानी बिकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा समेतको उपस्थिति रहेको योजनाहरुको समन्वय गरि रहनु भएका सांसद तामाङका स्वकिय सचिब निर्मल बन्जाराले जानकारी दिनुभयो । 

, ,