अर्जुन शर्मा, चौतारा, भदौ २८ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को छेकाथोक बस्तिमा साउन महिनामा गएको पहिरोमा परि बिस्थापित भएर टहरोमा बसोबास गरिरहका ११ दलित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले खाद्यन्न सहयोग गरेको छ ।
आइतबार राप्रपा निकट महिला संगठनका केन्द्रीय माहासचिव कुमारी तामाङको पहल तथा सबिना दोङ तामाङको आर्थीक सहयोग र बिबिटिएम फाउण्डेसनको समन्वयमा पहिरोमा परि घर गमाएर टहरोमा बसोवास गरिरहेका ११ पहिरो पीडितलाई सहयोग गरिएको हो ।
उक्त राहत सहयोगमा प्रति परिवार १ बोरा चामल १ केजि नुन, २ लिटर तेल र २ केजि दाल सहयोग गरिएको नेतृ तामाङले जानकारी दिनुभयो ।
कुमारी तामाङकै पहलमा गत साता लिदी पहिरो पीडित परिवारलाई २०० थान लत्ता कपडाको साथै बिबिध औषधि सहयोग गरिएको थियो ।
यसैगरी नेतृ कुमारीको पहलमा बिहिबार मात्रै सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिका स्थाइ ठेगाना भइ हाल जोरपाटी र माकलबारीमा कोठा भाडामा लिएर बस्ने ३५ परिवारहरुलाइ खाद्यन्न सहयोग गरिएको थियो ।
उक्त राहत कार्यक्रमा राप्रपाका जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले राप्रपा पाटीै जनताको सधै सुख, दुःखमा रहेको र सकेको सहयोग गरिरहने बताउनुभयो ।
उक्त राहत बितरण कार्यक्रममा राप्रपा जिल्ला सचिव हिरा प्रसाद नेपाल, कोषाध्यक्ष कृष्णराज गिरी, प्रवत्ता हरि बहादुर नेपाल लगायतको उपस्थितको रहेको थियो ।
यस्तै क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गा.पा.–६, धुसिनी र पाखर दोभानमा गएको पहिरोमा घरबार विहीन ४ परिवारलाई १५ हजार र १७ परिवारलाई ८ हजारका का दरले सहयोग गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराज्युको सहयोग सहित संकलित रकम राप्रपा, सिन्धुपाल्चोकको तर्फबाट हस्तान्तरण गरिएको हो ।