बालदिवस र बर्तमान बालबालिकाको अबस्था

अम्विका डोटेल,

आजका कोपिला भोलिका फुल हुन बालबालिका माटोको भाडालाइ हामि जस्तो आकृति दिन्छौ त्यो त्यस्तै बन्दछ त्यसरी नै बालबालिकाहलाइ हामि जस्तो बनाउन खोज्दछौ त्यस्तै बन्नै छन । सामाजिक परिवेश र राजनैतिक अबस्थाले पनि बालबालिकालाइ कता तिर धकेल्ने भन्नै निर्णय गर्दछ ।


नेपालमा बाल दिवस   मनाउन २०३१ भदौ ४ देखि थालिएको हो तर गणतन्त्र स्थापनासँगै दिन पनि फेरियो। अचेल भदौ २९ मा यो दिवस मनाउने गरिन्छ २०४७ भदौ २९ मै नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई अनुमोदन गरेको थियो । बालअधिकार  का सम्बन्धमा  राज्य, नागरिक संघसंगठनले बालबालिकाको क्षेत्रका कार्यलाई निरन्तरता दिने सम्बन्धमा बालक्लवहरुको निर्माण र अभिमूखीकरण, बालश्रम शोषण, बालविवाह, बालबालिका माथि हुने हिंसा र बालबालिकालाई दिइने सजाय विरुद्ध तथा बालबालिका शान्ति क्षेत्र हुन् भन्ने लगायतका अभियानहरु पनि विगतका दिनहरुमा सन्चालन गरिदै नआएका हैनन  । बाल मैत्री स्थानिय शासन प्रर्बद्धन हुदै गइरहेको छ । प्रदेश सरकार र स्थानिय तहले बालबालिका सम्बन्धी ऐन निति नियमहरु बनाउन थालेका छन  । तीनै तहका सरकारको नीति कार्यक्रम र बजेटमा बालबालिकाहरुको बिषयहरुले महत्व पाउन थालेका छन । नेपालको संविधान २०७२ ले पनि बालबालिकाका अधिकारहरुलाइ  बिशेष महत्व दिएको छ ।   

यस बर्ष कोभिड १९ को महामारिले बालबालिकाको बाल मस्तिस्कमा ठुलो चोट पुर्याएको छ। विगत ८ महिनादेखि बालबालिकाहरु बिद्यालयको ढोकामा पुग्न सकेका छैनन , आफ्ना साथिभाइ  शिक्षकहरुको नजिक पुग्न सकेको अबस्था छैन । इन्टरनेटको पहुँच र शिक्षित समुदायका बालबालिकाहरु  बिदाको सदुपयोग गरीरहेका होलान  उनिहरु विद्यालयले सन्चालन गरेका अनलाइन क्लासमा सामेल होलान , विश्वलाइ नियाल्दै होलाना असल बानि व्यहोरा घरका कामहरु आम्दानि कसरी हुदो रैछ भन्नै कुरा सिक्दै छन तर अशिक्षित समुदाय जहाँ बिहान बेलुका काम गरेर दिउँसो बिद्यालयमा हाजिर हुने बालबालिका   छन  ति बालबालिकाहरु आज इन्टरनेट सम्मको पहुचमा छैनन आफ्ना दिनचर्या अनलाइन क्लास मार्फत हैन उनिहरु आफ्ना  समुदायका  संस्कार हरु सिक्दै छन  हिजो दिनभरी आमाबाबाले मजदुरी गरेर पढाइ लेखाइ र घरचलाएका देखेका थिय आज बाबाआमाको मजदुरी टुटेको छ दिनभर घरमा बस्दा अनि आम्दानि नहुदा घर खर्च टार्न धम्य परेको छ यसरी आम्दानी नहुदा दिनहु घरपहरिवारमा कलह समेत सृजना भएको छ आज यस्ता अभावहरु र कलहसंग  बालबालिकाहरु पनि साथि बनेर जुध्दै छन  । 

भविष्यका कडदार र बर्तमानका हिंस्सेदार भनिने यि बालबालिकाहरुलाइ अब बेलेमा ध्यान दिन सकिएन भने भावि दिनहरुमा राज्यले ठुलो चुनौति खेप्नु पर्दछ ।  हिजो पढन आउने बालबालिका  अबको शैक्षिक सत्र सुरुवात हुदा सम्म कतै पढ्न नआउने त हैन । यस बर्ष मनाइने बाल दिवस अरु बर्षको भन्दा भिन्न छ ।  यसरी हामिले मनाइने बालदिवसलाइ खास बनाउन बिद्यालय नगइ घरमा बसेका  बालबालिकाको वर्तमान अबस्था कस्तो छ उसका दिनचर्या कसरी बितेका छन उसको मनोभावना कस्तो छ अबका दिनमा कोभिड (१९ को अबस्था नियन्त्रण  भइ हाल्ने अबस्था छैन  कतै अब बालबालिकासग उसको मनोभाव बुझेर आगामि दिनका लागि निति नियम र कार्यक्रमहरु बनाउन  सबै तह  तप्काबाट लाग्ने त हैन ।

विगत लामो समयदेखि जनप्रतिनिधि नहुँदा स्थायि सरकार को प्रत्याभुति गर्न नपाउदा मन्त्रालयबिच सम्नवय र सहकार्य प्रभावकारी नहुदा प्राकृतिक प्रकोपहरुले बेलाबेलामा दिने दुखका कारणले पनि बालबालिकाले सोचेको जस्तो काम हुन सकेको छैन । तर आजसम्म भएका जे जति प्रयासहरु छन तिनिहरुलाइ सकारात्मक नै मान्नुपर्दछ । 

भुक्पको प्रभाव देखि आज कोभिड (१९ को महामारिसम्म आइपुग्दा बालबालिकाको शिक्षा, स्वास्थ्य, कम उमेरमा मागेर, भागेर वा सामाजिक सञ्जालबाट सिर्जित हुने बालविवाह, श्रमका क्षेत्रमा लागेका बालबालिका, वैदेशिक रोजगारमा गएका अभिभावकका बालबालिकाको अवस्था, मनोरञ्जनका क्षेत्रमा कामगर्ने बालबालिका, विपद र द्वन्द्वका कारण बाबु आमा गुमाएका बालबालिका, अपाङ्गता भएर शिक्षा, स्वास्थ्यबाट वञ्चित, जेलमा अभिभावक सहित रहेका बालबालिका, यात्रामा रहेका बालबालिका, हाम्रो संस्कार र सस्कृति जोगाउने नाममा छाउपडी, महिनावारीबाट पीडित बालबालिका, बालगृह र सडकमा रहेका बालबालिकाहरुलाई राज्य, अभिभावक, विद्यालयले समयमा ध्यान नपुर्याएका कारण आत्म हत्या गर्न बाध्य बालबालिकाको संरक्षणमा हामीले कहानेर सुधार गरी लैजाने हो आजको यस महामारिको विषम परिस्थितिमा ध्यान दिनु अत्यन्तै  जरुरी छ ।

बालबालिका र नागरिको अभिभावक राज्य हो, न्याय दिने दायित्व राज्यको हो भने अधिकार माग्ने नागिकको ।  विगतका दिनमा भएका प्रयासहरु उपलव्धिहरुलाइ समीक्षा गर्दै हामीले प्राप्त गरेको उपलब्धि, चुनौती, कमजोरीहरू अबको बालअधिकार संरक्षण प्रबद्र्धनका लागि गर्ने कार्यको विषयमा यथार्थगत रुपमा समीक्षा गरी योजनाबद्ध ढंगबाट संघीय, प्रदेश र स्थानीय सरकार र नागरिक संघसंगठन, बालक्लव, अभिभावक, शिक्षक, बुद्धिजिवि बालक्लवका पूर्व सदस्य, आमा समूह, युवाक्लव, किशोरी सञ्जालहरू सबैले एक आपसमा हातमा हात र साथमा साथ दिई  अघि बड्न सकियो भने आजको यस कोभिड(१९ को महामारिले बालमनस्थितिमा ल्याउने  घटनाहरुबाट हामि उमकन्न सक्दछौ  ।   “विपत्तमा बाल अधिकारको सुनिश्चितता ः हामी सबैको साझा प्रतिवद्दता“ भन्ने मुल नाराका साथ मनाउन लागिएको बाल दिवस २०७७ को  शुभकामना । 

, ,