बाह्रबिसे पहिरो पीडितलाई राप्रपाको र गैरआवासिय नेपाली संघ, पोर्चुगलको रु. १० लाख बराबरको राहत

अर्जुन शर्मा, भदौ  । 

बाह्रबिसे नगरपालिका भित्रका बिभिन्न स्थानमा गएको पहिरोबाट पीडित भएका परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकले पीडितको दैलोमा नै पुगेर राहत बितरण  गरेको छ ।











राप्रपा जिल्ला तहका नेता, केन्द्रिय स्तरका नेता तथा  रााप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरीकाका र गैर आवासीय नेपालि संगठन पोर्चुगलबाट संकलन गरिएको रु १० लाख २ हजार ९ सय ८० रुपैया रकम बराबरको नगद तथा खाद्यन्न एक समारोहका बिच  सहयोग गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पुर्व माननिय रमेश लामाको नेतृत्वमा बुधबार र बिहिबार जिल्लामा रहेको टोलिले नगद तथा खाद्यन्न सहयोग गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ लाख ३ हजार, रााप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरीकाकाका अध्यक्ष शिव राउत र अकुर थापाको संक्रियतामा संकलन गरिएको १ लाख ८४ हजार ९ सय ८० र गैर आवासीय नेपालि संगठन पोर्चुगलका बरिष्ठ उपाध्यक्ष भिमसेन थापाको बिशेष संक्रियतामा संकलित रकम रु ४ लाख १५ हजार गरि एकमुष्ट रु १० लाख २ हजार ९ सय ८० रुपैया रकम बराबरको नगद तथा खाद्यन्न सहयोग गरिएको राप्रपा क्षत्र नं.१ का क्षत्रिय  सचिब उत्तम भण्डारीले जानकारी दिनुभएको छ ।

पहिरोमा परेर मृत्यु भएका परिवारलाई प्रति परिवार २२ हजारको दरले नगद हस्तान्तरण गरेको हो । यस्तै पहिरोका कारण बिस्थाति भएका ५० परिवारलाई भने प्रति परिवार ४ हजारको नगद सहयोग गरेको हो । यस संगै बिस्थापित परिवारलाई १ बोरा चामल, २ केजि दाल,, २ केजि चिनी, १ केजि नुन लगायत का सामाग्री समेत हस्तान्तरण गरिएको राप्रपा क्षत्र नं.१ का क्षत्रिय  सचिब उत्तम भण्डारीले जानकारी दिनुभएको छ । पहिरोबाट बिस्थापित बनेका परिवारको जिवन यापन गर्न सहयोग पुगोस भन्ने हेतुले केहि सहयोग गरिएको सचिब भण्डारीले बताउनुभयो ।

 

बाह्रबिसे नगरपालिका वडा नं. ७ नागपुजे, भिरर्खमा गएको पहिरोबाट पीडित परिवारलाई नगद र खाद्यन्न सहित  बाह्रबिसे नगरपालिका वडा नं. २ कर्थलि, बुदेपामा गएको पहिरोबाट पीडित ४४ घरधुरी, मानेश्वारामा गएको पहिरोबाट बिस्थापित भएको १८ परिवारलाई समेत खाद्यन्न सयोग गरेको हो । 

राप्रपाका केन्द्रिय अध्यक्ष पशुपति शमसेर राणालले आफु भौतिक रुपमा उपस्थिति हुन नसकेपनि बाढि पहिरोले गरेको क्षतिको समाचारले आफु निकै दुःखी बनाएको भन्दै सुभकामना सन्देश मार्फत पिडीत बाँसिहरुलाइ सम्झना पठाउनुभएको थियो । उहाँले पठाउनु भएको सन्देशमा आफु यस दुःखद घडिमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै आफुहरु जनताको दुःखमा सँधै साथ रहेको पनि उल्लेख गर्नुभएको छ । राणाले मात्रै जिल्लामा बाढी पहिरोबाट पीडित परिवारलाई हालसम्म ८ लाख नगद सहयोग गर्नुभएको छ । 

उक्त नगद बितरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा पुर्व माननिय रमेश लामा , पुर्व केन्द्रिय सदस्य उदय सापकोटार यस्मिन ढुङगाना, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष द्धय गोपाल श्रेष्ठ, दईन्द्रबहादुर ठकुरी, क्षेत्रीय अध्यक्ष शिव भण्डारी, राष्ट्रिय यातायात माहासंघका केन्द्रिय उपाध्यक्ष तथा पुर्व जिविस सदस्य जित बहादुर भारती,  जिल्ला कोषाध्यक्ष द्धय कृष्ण राज गिरी र दुर्गा नेपाल, पुर्व जिविस सदस्य एवम क्षत्रिय उपाध्यक्ष रामेश्वर खडका, क्षेत्रीय कोषाध्यक्ष प्रविण श्रेष्ठ जिल्ला नेता माधव थापा लगायतको उपस्थिति रहेको थियो । 

गैर आवासीय नेपालि संगठन पोर्चुगलका बरिष्ठ उपाध्यक्ष भिमसेन थापाको बिशेष संक्रियतामा संकलित रकम भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपेन्द्र थापा, बाह्रबिसे नगरपालिका वडा नंं. ७ का वडाध्यक्ष मिन बहादुर श्रेष्ठ तथा समाजसेवी होमबहादुर थापाले हस्तान्तरण गर्नुभएको हो । 

राप्रपाले यसअघि जुगल गाँउपालिकाको लिदी पहिरो बाट बिस्थापित भई बाँसखर्क आइ बसेका परिवारलाई एकमुष्ट रु ५ लाख ४५ हजार, बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाँउपालिकामा गएको पहिरोबाट पीडित परिवारलाई रु ७ लाख २३ हजार छ सय  र शुनकोशी गाँउपालिकामा गएको पहिरोबाट बिस्थापितहरुलाई २ लाख गरि जम्मा २४ लाख ७१ हजार ५ सय ८० सहयोग गरिएको क्षत्रिय सभापति उत्तम भण्डारीले जानकारी दिनुभएको छ ।

सो जम्मा रकममा बाढी पहिरो पीडितलाई निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष निलध्वज थापाले व्यक्तिगत रुपमा २ लाख नगद गर्नुभएको थियो ।

, , , ,