सिन्धुपाल्चोक जिल्ला विपद जोखिमको चपेटामा, पुर्वतयारीको निमित्त ध्यान दिन आवस्यक

रबिन्द्र खड्का “संघर्ष” ।

सिन्धुपाल्चोक जिल्ला बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपको अत्याधिक जोखिमको अवस्थामा रहेको छ।


 यस सिन्धुपाल्चोक जिल्लाले विभिन्न समयमा विभिन्न किसिमको प्राकृतिक प्रकोपका घटनाको सामना हामीहरुले गर्नु परिरहेको छ । अझ जलबाट उत्पन्न प्रकोप (बाढी, पहिरो, डुबान आदी) बाट त यस जिल्ला झन् आग्रान्त रहेको छ । हरेक वर्ष जस्तो मनसुनको बेला जाने बाढी, पहिरोले धेरै नै धनजनको क्षति भईरहेको छ । 

सिन्धुपाल्चोक जिल्लाको प्रमुख नदीहरुमा भोटेकोशी, सुनकोशी, ईन्द्रावति, बलेफी (ब्रहमायणी), मेलम्ची, झाडी आदी पर्छन् । चीनमा मुहान रहेको भोटेकोशी नदीले तातोपानी देखी लिएर बाह्रबिसे हुँदै दोलालघाटसम्म असर गर्छ भने ईन्द्रावती नदीले मेलम्ची क्षेत्रमा असर गर्दै आएको छ । २०३९ सालमा बलेफी नदीमा गएको बाढी, २०७१ सालमा गएको जुरे पहिरो, २०७२ सालको भुकम्प, २०७३ सालमा भोटेकोशी नदीमा गएको बाढी लगायत हरेक वर्ष जाने बाढी र पहिरोले धेरै धनजनको क्षति गर्दै आएको छ ।

विशेष गरेर यो वर्ष वि.स २०७७ सालमा पनि सिन्धुपाल्चोक जिल्लामा अविरल  वर्षाको कारण धेरै ठुलो जनधनको क्षति भएको छ । बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिका अवस्थित जम्बोको पहिरो, मेलम्ची नगरपालिका – ११ मा कन्भर्ड हल बनाउनको निमित्त आएको मजदुरहरु पहिरोमा परिमृत्यु देखि जुगल गाउँपालिकाको जोखिमयुक्त स्थान लिदिको पहिरोमा ३९ जनाकोमृत्यु र हाल सुनकोशी गाँउपालिका वडा नम्बर – ६ धुसेनीको पहिरोर  प्रकोप तथा विपद जोखिमहरुको उदाहरण दिन सकिन्छ ।  बाढी पहिरो गएर  वर्षातको समयमा विशेष गरी बाढी, पहिरो, चट्याङ्, झाडापखाला लगायत हाल आएर माहामारीको रुपमा कोभिड–१९ (कोरोना भाईरस) ले पनि अछुतो रहेन यस्ता किसिमका प्रकोपहरु यस जिल्लामा देखिने गरेको छ । 

वर्षायाममा हुनसक्ने बाढी, पहिरो, सडक अवरोध तथा दुर्घटना, झाडापखाला जस्ता प्रकोपहरुलाई दृष्टिगत गरी प्रकोप अगाडिका अपनाइने सावधानीका उपायहरु तथा पुर्व तयारीमा विपद जोखिमको निमित्त  विशेष ध्यान दिन नसकिएको र  विपद्को समयमा गरिने मानविय खोज तथा उद्दार कार्यमा पनि दक्ष जनशक्तिको प्रयोग भएको देखिदैन ।

कुनै पनि स्थानमा विपदको घट्ना घटेको खण्डमा खोज तथा उद्दार कार्यमा लगभग ३र ४ घण्टाको समय पश्चात मात्र खोज तथा उद्दार टोली पुग्न सकेको प्रमाणहरु रहेका छन् ।राहत कार्य तथा तथा प्रभावितहरुलाई राहत संकलन साथै विपद् पश्चात गर्न सकिने मानविय सहयोगमा पनि स्वार्थको निमित्त विभिन्न राजनैतिक पार्टीहरु तछाड – मछाड गरिरहेका छन् ।

 त्यस कार्यको निमित्त सलुट छ तर वर्षमा ९ महिना केही वास्ता नगरी बस्ने तथा विपद् पुर्व तयारीको निमित्त ध्यान नदिने ३ महिना उथलपुथल हुने गरेर राजनैतिक दौडधुप गर्ने नेताज्यूहरुले विशेष ध्यान दिन जरुरत रहेको छ ।जिल्ला विपद् व्यवस्थापन समिति , नगरपालिका तथा गाँउपालिका स्तरीय विपद् व्यवस्थापन समिति र वडा स्तरीय विपद व्यवस्थापन समितिले प्रकोपको पहिचान गरी  गाँउ वस्तीहरुको संकट्टासन्नता पहिचान गरी विपद पुर्व तयारीमा ध्यान दिनुनै आजको आवस्यकता हो।

विपद्को निमित्त विनियोजित रकमको सहि सदुपयोग हुन जरुरत पर्दछ।सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरोकारवाला निकाय तथा जिल्ला स्तरीय नेताहरुले वि.स २०७१ सालको जुरेको पहिरो, वि.स २०७२ सालको ३५७३ जनाको मृत्त्यु हुने गरी भएको मानवीय क्षति तथा विभिन्न भौतिक क्षतिलाई  अवसरको रुपमा होइन सिकाईको रुपमा लिन जरुरत पर्दछ ।

विनाशले विकासको बाटो खुल्छ  र विकासको कार्यले विनाश पनि निम्त्याउछ भनेझै यी कुराहरुमा हामी सदा चनाखो रहनुपर्छ । वि.स २०७३ सालको भोटेकोशीको  २०७२ सालको भूकम्प तथा वाढीएवम  २०७३ सालको भोटेकोशी गाँउपालिकाको लार्चा पुलको क्षति, बाह्रविसे जम्बोको पहिरो, जुगल गाँउपालिकाको लिदिको पहिरोको क्षतिबाट सिकाईको रुपमा लिएर विपद जोखिम न्यूनिकरण गर्नएकजुट हुनुपर्ने आजको आवश्यक हो। 

वर्षायाममा भएका जोखिमहरु बाढी रपहिरोबाट जनताहरुमा सुरक्षाको प्रत्याभूति दिने कार्यको लागि जिल्लामा विपद परेको खण्डमा सरोकारवाला सबै निकायहरु परिचालन गरी प्रकोप रोकथाम, राहत उद्धार वितरण कार्य निरन्तरता दिइने कार्यको निमित्त ध्यान दिन सरोकारवाला निकायको अत्यन्तै आवश्यक रहेको छ । 

वर्षायाममा नदी तथा खोला किनार र डोजरबाट खनिएको सडकहरुमा प्राय बाढी तथा पहिरो जाने साथै ग्रामीण स्थानहरुमा मुख्य जोखिम क्षेत्र रहेको छ । चीनसँग सिमाना रहेको क्षेत्रमा बाढी, पहिरो तथा हिमताल विष्फोटको समस्या देखिएको छ । नदी तथा खोला किनार वरपरका वस्तीहरु बाढीले बगाउने, ढुबाउने, खोलानाला तर्ने क्रममा मानिस बगाउने, वाढी तथा पहिरो गई सडक अवरुद्ध हुने,माथिल्लो तटिय क्षेत्र र महाभारत क्षेत्रसँग जोडिएको बस्ती पहिरोले बगाउने र समथर भुभागमा थुप्रिने समस्याहरु आजको  मुख्य समस्या हो ।

सडक अवरुद्ध तथा सडक दुर्घटनाः वर्षातको समयमा बाढीका कारण अरनिको राजमार्ग,हेलम्बु यातायातको क्षेत्र, खाडिचौर दोलखा सडक खण्ड तथा  बलेफी(तेम्बाथाङ सडक खण्ड अवरुद्ध भएका घट्नाहरु पनि प्रशस्त उदाहरण दिन सकिन्छ । 

साथै ग्रामिण सडकहरु वर्षाको कारण बन्द हुने तथा सडक दुर्घटना जस्ता कारणबाट सडक अवरुद्ध हुन सक्ने भएकोले त्यस्तो अवस्थाको लागि पहल गर्न आवस्यक रहेको छ।

स्रोत साधन सहित स्थानिय स्तरमा तालिम प्राप्त व्यक्ति सहित सुरक्षा निकायहरु प्रथम प्रतिकार्यको रुपमा विपद प्रभावित क्षेत्रमा परिचालित हुने वातावरण वनाउन आजको आवश्यक हो।

घटना स्थलको प्रकृति हेरी घाइतेहरुको उद्धारका लागि सडक सुचारु गर्ने कार्यलाई प्राथमिकताका साथ तिव्रता दिन सबै सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्दछ।अहिलेको विषम परिस्थितिमा विपद जोखिम न्यूनिकरण गर्नको निमित्त सम्पुर्ण सिन्धुवासी तथा स्थानियवासीहरु एवं सरोकारवाला निकायहरु एकजुट भई विपद जोखिम न्यूनिकरण र पुर्व तयारीको निमित्त हातेमालो गर्दै अगाडि वढेमा सिन्धुपाल्चोक जिल्लामा विपद् जोखिम न्यूनिकरण गर्न ठुलो मदत पुग्दछ ।

, , , ,