खुल्यो त्रिपुरासुन्दरीमा सबै बिद्यालय

चौतारा, असोज ६ । 

लामो समय देखी बन्द रहेको सामुदायक बिद्यालयहरु सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाँउपालीकामा रहेका बिद्यालय हरु मङ्गलबार देखी सञ्चालनमा आएको हो ।




विश्वव्यापी रुपमा फैलिएको   कोरोना भाइरसको माहामारीको कारणले लामो समय देखी सामुदायीक विद्यालयहरू बन्द भइ विद्यार्थीहरूको पठन पाठनमा प्रतक्ष असर परिरहेको थियो । उस असरलाइ मध्यनजर राख्दै लामो समयदेखि बन्द रहेका सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका भित्रका विद्यालयहरू सञ्चालनमा आएको हो । 

गाउँपालिकाले यहि मंगलबार देखी सामाजीक सुरक्षाको समेत ब्यबस्था गरेर सुरक्षित मापदण्ड अनुसार बिद्यालय सञ्चालन गर्ने ब्यबस्था  गरि   सबै वडामा रहेका विद्यालय खोलिएको   गाँउपालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार विद्यालयसंचालन गर्नु पूर्व सवै वडाका विद्यालयका शिक्षक तथा अभिवाबहरू सँग सल्लाह भइ स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर त्रिपुरासुन्दरी गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेको हो । 

अभिभावक संग भेटघाट र छलफल पछि अहिले  गाउँपालीका भित्र रहेका विद्यालयमा पठनपाठन सुरु भईसकेको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । बिद्यालय बन्द हुँदा बालबालीकामा मोबाइल खेल्ने  बारीम तथा खुल्ला चौउरमा खेल्ने  र नकारत्मक सोच तर्फ लाग्न सक्ने भएकाले बालबालीकालाइ शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको हो । सरोकारवालाहरूको बैठकले विद्यालय कोभिड–१९ बाट बच्नका लागि आवश्यक सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गाउँपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन गर्न आग्रह गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख शालिक राम घिमीरेले जानकारी दिनुभयो । अहिले त्रिपुरासुन्दरी गाउँपालिका भित्र ६ वटा मा.वि, ८ कक्षा सम्म पठनपाठन हुने ५ वटा र आधारभुत तहका १८ वटा विद्यालय संचालनमा  रहेका छन् ।

, ,