१७औं स्थापना दिवसमा सिएमए संघद्वारा खाद्यान्न सहयोग

 रुपक पुरी ,भदौ २५ ।

आफ्नो १७औं स्थापना दिवसको अवसरमा नेपाल सिएमए संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले चौतारा बृद्धाश्रमको जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको छ ।


‘सिएमए एकता आजको आवश्यकता, पेशागत हकहित र अधिकार’ भन्ने मूल नाराका साथ संघले ‘कोरोना महामारीका कारणे ठूलो कार्यक्रम नगरी जेष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरेको सिएमए संघ सिन्धुपाल्चोकका सचिव केदारनाथ दुलालले बताउनुभयो । बृद्धाश्रममा रहेको ९ जेष्ठ नागरिकहरुलाई संघले चामल, दाल, चिनी, साबुन, नुन, विस्कुटलगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका– ५ का अध्यक्ष नरमान श्रेष्ठले जेष्ठ नागरिकलाई । सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै सचिव दुलालले कोभिड– १९ को महामारीमा पनि पारामेडिक्सहरु रातदिन नभनि स्वास्थ्य केन्द्र होस् वा नीजि स्वास्थ्य संस्थामा खटि सेवा दिईरहेको बताउनुभयो ।

नेपाल सिएमए संघले २६ सुत्रीय माग राखी सरकारलाई दवाव दिईरहेको बताउँदै दुलालले केहि माग राज्यले पूरा गरेको र केहि पूरा गर्न बाँकी रहेको समेत बताउनुभयो । कार्यक्रममा सिएमए संघका सदस्यहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

, , ,