आबश्यकताका आधारमा बजेट बिनियोजन गरेका छौँः अध्यक्ष पौडेल


सिन्धुपाल्चोक  जिल्ला भोटेकोशी गाँउ पालीका  साबीक फुल्पीङ्गकट्टी–४ मा बि .स २०३५ साल जेष्ठ महीना १५ गतेका दिन  पिता श्री कुल बहादुर पौडेल र माता  श्रीमती इन्द्र माया पौडेल कोपाच जना छोराहरु मध्ये कान्छोसुपुत्रका रुपमा जन्मनु भएका बर्ष ४२ का सामाजीक, राजनीती क्षेत्रमा मा कुशल र इमान्दारका रुपमा देखीनु भएका  राजकुमार पौडेल हाल सिन्धुपाल्चोक जिल्ला भोटेकोशी  गाँउपालीका को अध्यक्ष रहनु भएको छ । प्रस्तुत छ अध्यक्ष पौडेलसँग लोकप्रिय समाचारका लागी नेत्र बहादुर बस्नेतले गर्नु भएकोे कुराकानीको अशं :

 १. यहाको परिचय दिनुहोस न ?

मेरो नाम राजकुमार पोैडेल हो  म हाल भोटेकोशी  गाँउ पालीकामा अध्यक्षको जिम्मेवारी बहन गरिरहेको छु । 

२. तपाइ गाँउपालीकाका अध्यक्ष हुँनु भयो बिभिन्न सामाजीक सस्थामा कार्यरत रहँदा र पालीकाको अध्यक्ष रहँदा कस्तो अनुभब भएको छ ?

मलाइ खाशगरी भोटेकोशी  गाँउपालीकाको अध्यक्ष बनाउँनका लागी  तत्कालीन नेकपा एमाओबादी, भोटेकोशी  गााउपालीकाका नागरिक अनी मेरा शुभचिन्तक सहयोगी सञ्चार कर्मी अनी मेरा मित्रहरु को बिषेश योगदान रहेको छ । यस मानेमा उँहारुसबैलाइ बिशेष धन्यबाद ब्यक्त गर्दछु ।तपाइले भने जस्तै मैले विगतमा बिभिन्न सामाजीक सस्थाहरुमा काम गरिसकेको छु । विगत मा मैले सिन्धुपाल्चोक उध्योग बाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ब्यवशायी संघ साथै स्थानिय क्लबहरुमा रहेर सामाज को लागी सामाजीक कार्यहरु गर्दै आएको छु । यसरी कामगर्दा र राजनिती क्षेत्रमा काम गर्दा खाशै फरक देखीदैन किन भने समाजीक सघ सस्थामा काम गर्नु र राजनिती क्षेत्रमा काम गर्नु एउटै एउटै जस्तो हो  दुबै क्षेत्रमा काम गर्दा न्यायोचत ढङ्गले गर्न पर्छ  । सामाजीक सस्थामा काम गर्दा पनी समाजलाइ घाटा हुने र ब्यक्तीलाइ फाइदा हुने काम गर्नु हुदैन राजनिती क्षेत्रमा पनि त्यही हो फरक यती हो की राजनीतीमा दलगत साथ र सहयोग हुन्छ भने सामाजीक काममा समुहगत सहयोग हुन्छ जस्तो लाग्छ ।

३. यस  गाँउपालकिाको बिकासका  बारेमा  छोटकारीमा बताइदिनुहोस न ?

यस गाँउपालीकामा सर्ब प्रथम नागरिकको स्वास्थ्य खानेपानी र उनीहरुको आत्मानिर्भरताका बारेमा हामी चिन्तीत छौ । हरेक नागरिकलाइ आत्म निर्भरताका लागी कृषी उत्पादनमा  बिस्तार गरी हरेक नागरिकलाइ स्वास्थ्य , खानेपानीको पहुँच यातायातको सुबिधा होस र हरेक नागरिकलाइ रोजगारको ब्यबस्था होस भन्ने चाहना हाम्रो रहेको छ । सोही चाहाना अनुसार गाँउपालीकामा हरेक बिकासका कार्यक्रमहरुको आयोजना गरिएको छ। साथै यस क्षेत्रको समग्र विकास को वारेमा पनि हामि उत्तीकै सजग छौ । हाम्रो पालीका पर्यटकिय सम्भावना बोकेको पालीका हो, हामिले धेरै भन्दा धेरै पर्यटकलाइ भित्राउने उदेश्य लिएर यहाको प्राकृतिक महत्व बोकेको भैरबकुण्ड, दुगुनागढी, तातोपानी धारा, देउढुङ्गा, जयमन थापी नारायण मन्दिर, लिस्तीमाइ, बुद्धपार्क आदिको स्तर उन्नती गर्दै आन्तरीक तथा बाह्य पर्यटक भित्राइ यस क्षेत्रको समग्र विकास गर्ने गरी काम अगाडी बढीरहेको छ । 

४. बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका पालीकामा  कस्तो  असर गरेको पाउँनु भयो ?

यस बिषयमा  मैले भनी रहन परेन यो महामारीका कारण सबै तिर प्रभाब पारेको छ । आर्थीक, प्रशासनिक सबै क्षेत्रमा असर पारिरहेको छ । पालीकामा शिक्षामा पुरै समस्या पारेको छ भने  खानेपानी, सडक , अन्य बिकासका कामहरुमा समस्या ल्याएको छ । बिषेश गरि नागरिकको स्वास्थ्य सुरक्षा कसरी गर्ने भन्ने बिषयमा हामीलाइ चिन्तीत तुल्याएको छ । मानीस देखी मानीस डराउाने अबस्था श्रृजना गरिदिएको छ । यो अबस्थामा कस्तो असर पारेको छ  भन्नु धेरै काममा असर पारेको छ । 

५. यसको रोक थाम तथा उपचारको लागी कसरी ब्यबस्थापन गर्न पर्ने देखीन्छ ?

सब भन्दा पहीलो कुरा त सरकारले गरेको लकडाउानजको पुर्ण पालना गर्नु हो । हामी दैनिक ज्यालादारीको रुपमा कामगरी खाने नागरिकहरुलाइ यस अबस्थामा ब्यबस्थापन हुन र गर्न कठीनाइ परेको छ । तैपनी सामाजकि दुरी कायम गरेर काम गर्ने हरेकले काम गरे पछी या समय समयमा साबुन पानीले हात मुख धुने जथाभाबी खानेकुरा नखाने , स्वास्थ्य कार्यलयले दिएको मापदण्ड अनुसार काम गर्नू लगाएत नै यस रोगको रोकथाम तथा ब्यबस्थापनको  मुख्य काम हो ।

६.हाम्रो देसमा  प्रकृती बिपती परिरहेको पाइन्छ हाल मात्र बाढी पहिरोले ठुलो क्षती गरेको छ यस सम्बन्धमा यँहाको धारणा के  छ ?


प्रकृती बिपती दैबी  प्रकोपलाइ रोक्न त कसैले पनी सक्दैनन तर यस बाट सुरक्षित रहन भने सकीन्छ जस्तै मानीस हरुले जँहा जोखिम छ त्यहा त्यस्ता जोखीमलाइ न्युनिकरण गर्नका लागी सम्बन्धीत निकाय सँग समयमा नै सल्लाह गरेर कसरी न्युन गर्न सकिन्छ  त्यस तर्फ ध्यान दिन जरुरी देखीन्छ । खासगरि गाँउपालीका बासी हरुले सके सम्म  सुरक्षति तवरले भवन निर्माण गर्ने पालीकाले तोके बमोजिमको  मापदण्ड अनुसार काम गर्ने यसो गर्दा पनी केही हद सम्म बिपद ब्यबस्थापनमा सहजता हुन सक्छ 

७. तपाइको भाबी रणनिती  के छ  कसरी अगाडी बढ्ने योजना  छ ?

 मेरो भावी रणनिती भन्नु नैे सेवा गर्नु हो नागरिकको दुख सुखमा सँधै  साथ दिनु हो म हरेक दुखी र सुखीको माझमा रमाउँन चाहान्छु । त्यसैले मेरो भावी रणनिती छैन भन्दा पनी फरक पर्दैन त्यसो भनी रहँदा मैले भबिष्यमा पनी समाज सेवा गरि नै रहने हो यसका लागी पुर्बधार हरुको ब्यबस्था भने गर्ने योजनामा रहेको छु । र म कसरी जतनाका दुःख सुखमा साथ दिन सक्छु त्यसैगरि नै म अगाढी बढ्छु ।

८. स्थानीय सरकारले आबश्यकता भन्दा पनी आफन्तलाइ हेरेको छ भन्छन यँहाको स्थिती के  छ.?

 होला भन्नेको लागी भनाइ होला काम गर्दै जाँदा फाइदा भयो भने मेरो काम नभए फलानो भन्ने चलन छ । हामीले अहीले सम्म आबश्यकताका आधारमा बजेट बिनियोजन गरेका छौ पालीका भित्रका बिभिन्न स्थानमा बिकासका कामहरु गरेका छौ पालीकाका सबै नागरिक आफनै हुन को अर्काे को आफ्नो भनेर अहिले सम्म यस्तो पक्षपात गरेको पनी छैन अनी बजेटलाइ अनियमितता हुन नदीनका लागी  अली कडाइ गरेका छौ जुन उद्धेश्यका लागी बजेट बिनियोजित भएको हो सोही प्रयोजन भन्दा बाहीर गएर खर्च गर्न दिएका छैनौ हरेक शिर्षकमा भएका बजेटको ब्यबस्था सोही शिर्षकमा खर्च गर्ने गरेका छौ मेरा लागी सबै आफन्त हरु हुन 

९. तँपाइले लकडाउँनमा परेर बिचल्लीमा परेका मजदुरहरु लगाएतका नागरिकलाइ ब्यक्तीगत सहयोग  गर्नु भएको छ कँहा कसरी गर्नु भयो बताइ दिनु होस न ? 

अहिले हाम्रो देश मात्र नभएर विश्वव्यापी रुपमा देखीएको महामारी मा प्रत्यक्ष रुपमा प्रभाव परेको नै दैनिक ज्यालादारी गरेर खाने मजदुर हरु नै हुन । मैले आफ्नो पालीका र साथसाथै काठमाण्डौ को विभीन्न स्थानमा रहेका र खान समस्या परेका मजदुर परीवारहरु लाइ विगत केहि दीन देखी आफ्नो ब्यक्तीगत खर्चमा दैनिक खाना खुवाइ रहेको छु । आज भदौ २६ गते आठौ दिनको खाना खुवाउने कार्यक्रम छ, यो कार्यक्रम एक महिना सम्म चलाउने उदेश्य रहेको छ । रोग भन्दा भोक ठुलो महामारी नबनोस भन्ने सोचका साथ म निरन्तर असहाय हरुको सहारा बन्न लागीरहेको छु ।

१०. याँहाले पालकिाका बिद्यार्थीहरुलाइ शिक्षाको लागी छात्राबृतीका साथै  शैक्षिक सामाग्री समेत आफ्नै ब्यक्तीगत खर्चमा सहयोग गर्नु भएको छ यस बाट कस्तो अनुभब गर्नुभएको छ ?

कुनैपनि देशको उन्नती र प्रगतिमा शिक्षा को अहम भुमिका रहेको हुन्छ, आजका बालबालीका नै भोलीका देशको कर्णधार हुन । एकातिर यो सत्यता छ भने अर्कोतिर हामी अभाब शिक्षण सामग्रीका साथ शिक्षा आर्जन गरीरहेका छौ । जसले गर्दा वालवालीका हरुलाइ शिक्षा आर्जन गर्न अनेक कठिनाइ हरु भोग्नूपरीरहेको छ । यस्ता कुराहरुलाइ मनन गरी मैले विगतमा मेरो पालीकाका विभीन्न विध्यालय हरुमा कपी कलम पेन्सील स्कुल ब्याग र खेलकुदका सामाग्री हरु आपm्नो ब्यक्तीगत खर्चमै वितरण गर्दै आएको छु र आगामी दिनमा पनि यसलाइ निरन्तरता दिने छु । यसरी शिक्षा मा सानै भएपनि योगदान दिन सकेकोमा आफुलाइ सन्तुष्टी मीलेको अनुव गरेको छु । 

११. अन्तमा यँहाको भनाइ के रहेको छ ?

मलाइ मेरा केही बिचार हरु राख्ने मौका दिएकोमा लोकप्रिय समाचारलाइ बिशेष धन्यबाद दिन चाहान्छु । यसका साथै पालीका  बासी सबैलाइ यो अनुरोध गर्न चाहान्छु की बर्तमान परिस्थितीमा बिश्वब्यापी रुपमा फैलिएको महामारी बाट बच्नका लागी सरकारले गरेको लकडाउँनको पालना गरौ अत्याबशयक कामका लागी घर बाट बाहीर निस्कन पर्ने भए, खेत बारमिा काम गर्न पर्ने भएको अबस्थामा माक्स लगाएर सामाजीक दुरी कायम गर्न अपिल समेत गर्दछु । 

 


, , , , , ,