केही मिडियाले अफवाह फैलाइएको सामाजिक सुरक्षा मन्त्री प्रेसकाउन्सिलमा


चौतारा, असोज ४ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव प्रेस काउन्सिलपुगी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग भेटघाट एवं छलफल गर्नुभएको छ । 


केही मिडियाले अफवाह फैलाइएको भन्दै आवश्यक कारबाहीको लागि शुक्रबार उहाँ आफैँ काउन्सिल पुग्नु भएको हो । भेटमा मन्त्री यादवले आरोप पुष्टि गर्न नसके गैरजिम्मेवार मिडिया माथि कडाकारबाही हुनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री यादवले पत्रकार आचार संहिता सम्बन्धी विषयमा केन्द्रित छलफलमा उजुरी, कारबाही बारे जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा उपप्रशाकीय अधिकृत रामशरण बोहराले आचार संहिता उल्लंघनको प्रकृति, कारबाही प्रक्रियाबारे जानकारी गराउनुभयो । मन्त्री यादवको तर्फबाट उपसचिव सुरेश राउतले एक अनलाइन विरुद्ध गत भदौ २१ गते उजुरी दर्ता गराउनु भएको थियो । 

सो अवसरमा प्रेस काउन्सिल सदस्य खिलबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल समेत सहभागी हुनुहुन्थ्यो ।

, ,