सिन्धुबासिले शान्ति सुरक्षा कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेका छनः प्रहरी उपरीक्षक महर्जन

काठमाण्डौ जिल्ला किर्तिपुर न.पा.१० मा मिति २०३०साल कार्तीक १० गतेका दिन पिता भरत बहादुर महर्जन र माता दुर्गामाया महर्जनको कोषबाट सुपुत्रका रुपमा जन्मनु भएका बर्ष ४६ का कुशल र इमान्दार व्यक्तिका रुपमा देखिनु भएका प्रहरी उपरीक्षक श्री प्रज्वल महर्जन मिती २०७६ भाद्र २० गते देखी हाल सम्म सिन्धुपाल्चोक जिल्लाको प्रमुख भएर जिम्मेवारी लिइ कार्यरत रही सरुवा भएर जाँदै हुनुहुन्छ । प्रस्तुत छ, प्रहरी उपरीक्षक प्रज्वल महर्जनसँग लोकप्रिय समाचारका नेत्र बहादुर बस्नेतले गर्नु भएको कुराकानीको अशंः
१. यँहाको परिचय दिनुहोस न ? 

मेरो नाम प्रज्वल महर्जन हो, मेरो स्थाई वतन जिल्ला काठमान्डौ किर्तिपुर न.पा.१०, मा पर्छ र म मिति २०५६।०३।०३ गते यस पबित्र प्रहरी संगठनमा प्रबेश गरेको हुँ, मैले त्रिभुवन विश्व बिद्यालयबाट जन प्रशासनमा स्नातकोत्तर उतिर्ण गरेको छु । 

२. तपाई आज सम्म सिन्धुपाल्चोक जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहनु भएको छ, याहाँको बारेमा छोटकारीमा बताइदिनुहोस न ? 

म मिती २०७६।०५।२० गते देखी सिन्धुपाल्चोक जिल्लामा जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत रहेको छु, मैले समग्रमा हेर्दा सिन्धुपाल्चोक जिल्ला बिभिन्न जात, जाती धर्म र संस्कारमा रहेका एक आपसमा मिलेर काम गर्नु पर्छ भन्ने धारणा बोकेका आफैमा चेतनशिलताको भावना भएका नागरिक रहेको पाएको छु । यस जिल्ला बाट देशको राजधानी नजिक रहेको भएतापनि विभिन्न अवसरवाट अझै पनि वञ्चित रहेको छ । 

यस जिल्लाको अधिकांस स्थानहरु भौगोलिक रुपमा विकट भएतापनि प्राकृतिक स्रोतहरु प्रचुर मात्रामा रहेको छ । वाढी, पहिरोजस्ता प्राकृतिक जन्य प्रकोपवाट जिल्लामा हरेक वर्ष जनधनको क्षति हुने गरेको छ । हाल सम्मको जिल्लाको सुरक्षाको अबस्था के रहेको छ ? हाल यस सिन्धुपाल्चोक जिल्लाको सुरक्षा अबस्था समग्र रुपमा शान्तिपूर्ण रहेको छ ।

 केही स्थानमा छिटफुट घटनाहरु घटेतापनि बिगतको घटनाक्रमहरुलाई हेर्दा यस बर्ष त्यस्ता घटनाहरुमा निकै कमि भएको देखिन्छ । हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रण, प्राकृतिक प्रकोप उद्दार तथा राहत बितरणमा उल्लेख्य संख्यामा प्रहरी कर्मचारीहरु परिचालन गरिएको छ ।

३. बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सुरक्षा नितिमा कस्तो असर गरेको पाउनु भयो ?

 हाल बिश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरसका कारण आर्थिक, प्रशासनिक साथै अन्य क्षेत्रमा समेत असर पारिरहेको छ तसर्थ सुरक्षा क्षेत्रमा त झन असर नपर्ने त कुरै भएन । उक्त संक्रमण फैलन नदिन जिल्लाभर बिभिन्न किसिमका जनचेतनामुलक कार्यकक्रमहरु गर्न यस जिल्लाभर कार्यरत रहेका सम्पूर्ण प्रहरी जनशक्ति परिचालन गरिएको अबस्था छ । 

४. यसको रोकथाम तथा उपचारको लागि कसरी ब्यबस्थापन गर्नु पर्ने देखिन्छ ?

कोरोना भाईरसको संक्रमण फैलन नदिन जनस्वास्थ्य विज्ञहरु निरन्तर रुपमा छलफल र सल्लाहमा जुट्नुपर्दछ । सरकार बाट जारी निति निर्देशनहरुको पालना, समस्त ब्यक्तिहरुले गर्नुपर्छ । आम सर्ब साधारण नागरिकहरुमा यस रोगको बारेमा जनचेतना मुलक कार्यक्रमहरु सँचालन गर्नुका साथै सुरक्षा निकाय, स्वास्थ्यविज्ञहरु र स्थानीय तहहरुविच एकता, सहकार्य र समन्वय हुनु जरुरी छ ।

५. हाम्रो देशमा प्राकृतिक बिपत्ति परिरहेको पाइन्छ हाल मात्र बाढी पहिरोले ठुलो क्षति गरेको छ । यस सम्बन्धमा यहाँको धारणा के छ ?

प्राकृतिक बिपती कसैले रोक्न नसकेतापनि यसबाट सुरक्षित रहन र जोखिम न्युनीकरण गर्न भने अबश्य सकिन्छ । आम नागरीकमा जनचेतना, पुर्वसूचना प्रणाली अवलम्बन र पुर्व तयारीलाई प्राथमिकतामा राख्ने हो भने प्राकृतिक बिपत्तिबाट हुने जन धनको क्षति अबश्य न्यूनिकरण गर्न सकिन्छ । समयमा नै जोखिम पहिचान गरी जोखिमयुक्त वस्तीहरुलाई जिविकोपार्जन सहितको दिगो स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ । 

६. हालसम्म भए गरेका कामहरुको बारेमा यहाँको कस्तो अनुभव रहेको छ ? 

कोरोना भाईरस नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापन र जिल्लामा सुशासन कायम राख्न सफल रहेको अनुभव रहेतापनि समग्र कामकारवाहीका बारेमा जनमानसबाट प्राप्त पृष्ठपोषणको आधारमा थप सुधार एवं कार्यगत एकता सहित कार्यान्वयन गरिएकोमा तपाईहरु सिन्धुबासी सबैको साथ र सहयोग रह्यो । भविष्यमा विपद् जन्य घटनाबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन, शान्ति सुरक्षालाई थप सृदृढ गर्ने कार्यमा र हाल बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

७. समग्रमा अहिले देखिएको समस्या के के हुन् र समाधानका लागि के गर्नुपर्ला ? 

अहिले देखिएको सामस्या र चुनौती भनेको महामारीको रुपमा फैलिएको कोरोना भइरससँग जुध्नु र यस जिल्लामा हुने प्रकृतिक जन्य बिपत्तिबाट हुने जनधनको क्षति न्युनिकरण गर्नु हो । आम सर्बसाधारण नागरिकहरुमा यस रोगको बारेमा चजचेतना मुलक कार्यक्रमहरु सँचालन गर्नुका साथै सुरक्षा निकाय, स्वास्थ्यविज्ञहरु र स्थानीय तहहरुविचको एकतामा, सहकार्य, समन्वय हुनु जरुरी छ ।

समयमा नै जोखिमपुर्ण स्थानहरुको पहिचान गरी जोखिमयुक्त वस्तीहरुलाई जिविकोपार्जन सहितको स्थानान्तरण गर्नु अति आवश्यकता छ । स्थानिय सरकारले सुरक्षाका बारेमा गरेका कामहरुको बारेमा यहाँको मुल्याङकन कस्तो छ ? सबैसँग सौहार्दपुर्ण बातावरण रह्यो । आफ्नो आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नु भयो । भौगोलिक बिकटता रहेको जिल्ला त्यस माथि एक प्रहरी चौकीदेखी अर्को प्रहरी चौकीसम्मको दुरी टाढा रही तत्काल पुग्न नसक्ने अबस्थामा स्थानिय तहबाट भएको सहयोग सराहनिय छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा धन्यबाद दिन चाहान्छु ।

८. सिन्धुपाल्चोकका नागरिकले सुरक्षाका बारेमा कतिको सहयोग गरेका छन ?

यहाँका नागरीकहरुले शान्ति सुरक्षा कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । हामी विभिन्न सुरक्षाका रणनितीहरु अपनाउँदै सवै निकायहरुसँग समन्वय, सहकार्य गर्दै शान्ति सुरक्षालाई सामान्य वनाउने काम गरिरहेका छौ । हामि बर्दीवाला प्रहरी हौ भने नागरिक बिना बर्दीका प्रहरी हुन तसर्थ जनताको सहयोग र साथ बिना शान्ति सुरक्षा कायम राख्न असम्भव छ । 

९. तपाईको भावि रणनिति के छ, कसरी अगाडी बढ्ने योजना छ ?

म जहाँ कार्यरत रहेता पनि आफु कार्यरत स्थानमा सुशासन कायम गर्ने, स्थानीय तहहरुसँग आवश्यक समन्वय र सहयोग गर्ने, समाज र देशलाई आपराधिक क्रियाकलापबाट मुक्त गराई भयरहित, सुरक्षित र व्यवस्थित समाज निर्माण गर्नु नै मेरो मुख्य कार्य हुनेछ । 

१०.हालसम्म यहाँले के र कस्तो काम गर्नुभयो र भबिश्यमा के योजना रहेको छ ? 

एक प्रहरी अधिकारीले जे काम गर्छ मैले पनि त्यही गरे ।अपराध अनुसन्धान, सूचना सम्प्रेषण, पीडितलाई न्याय दिने कुरामा जहाँ रहेर पनि मैले काम गरे । सुरक्षित समाज निर्माणका लागि समुदायसँग बसेर समुदाय केन्द्रित जनचेतनामुलक कार्यक्रम गरी जनता र प्रहरी बिच भाईचारायुक्त सम्बन्ध सुमधुर बनाउन आवश्यक समन्वयको भुमिका निर्वाह गरे । नागरीक केन्द्रित र नागरीकहरुको सहयोगको लागी अहोरात्र खटिई संगठनले दिएको जिम्मेवारी तदारुकताका साथ पालना गरी संगठनको शाख मुल्य र मान्यता प्रति सदैब कटिबद्ध भई जिम्मेवारी बहनमा क्रियासिल रहीरहने छु ।

११. यहाँबाट बिदाई हुदैहुनुहुन्छ, सिन्धुबासिलाई के सन्देश दिन चाहनुहुन्छ ? 

यस सिन्धुपाल्चोक जिल्ला सँधै सुरक्षित रहोस् सडक नपुगेका स्थानहरुमा छिट्टै सडक संजालले जोडियोस । जिल्लावासी सबैले शान्ति सुरक्षा कायम राख्न साथ र सहयोग गर्नुभएको छ, तपाईहरुको साथ र सहयोग प्रहरीलाई सदैव रहोस् । प्रहरी सबै स्थानमा पुग्न सक्दैन जहाँ प्रहरी पुग्दैन त्यहाँको प्रहरी स्वयं तपाइहरु नै हो । सुरक्षित समाज निर्माणका लागि अनुशासित नागरिक हुनुपर्दछ समाज सुरक्षित बनाउने दायित्व तपाइहरुको पनि हो प्रहरीलाई सँधै साथ र सहयोग गर्नुहोला भन्ने अनुरोध गर्दछु ।

१२.अन्तिममा यहाँको भनाई के रहेको छ ? 

यस सिन्धुपाल्चोक जिल्लामा रहुन्जेल प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ, सहयोग र मायाको लागी सुरक्षा निकाय, प्रशासनिक क्षेत्रका ब्यक्तित्व, जनप्रतिनिधि ज्यूहरु, पत्रकार मित्रहरु र सम्पुर्ण सिन्धुबासी आमा(बुबा, दाजु(भाई, मित्र लगायत सम्पुर्णमा ह्रदय देखि हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्न चाहन्छु, मलाई केही भनाईहरु राख्ने अबसर दिनुभएकोमा तपाई र तपाईको समग्र टिमलाई धन्यबाद एवं शुभकामना दिन चाहन्छु । हाल बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट यस जिल्ला पनि अछुतो रहन सकेन त्यसैले तपाइको परिवार लगायत सम्पुर्ण सिन्धु बासिहरु समेत सुरक्षित रहनुहोला भनि कामना गर्दछु ।



, , , ,