कोरोना रोकथाममा मेलम्ची नगरपालिकाको उल्लेख्य प्रयास

चौतारा, भदौ २१ । 

सिन्धुपाल्चोक जिल्लाको मेलाम्चि नगरपालिकाले कोरोन जितेर फर्कनेहरुबाट प्रशंसा पाएको छ ।


 ३५ शैयाको क्वारेन्टिन र १० शैयाको आइशोलेसन निर्माण गरेको नगरपालिकाले आफ्नो क्षेत्रसहित अन्य तीन गाउँपालिकाका संक्रमितलाई व्यवस्थापन गरेको छ । त्यसरी राखिएका संक्रमितहरुले कोरोना जितेर घर फर्किँदा नगरपालिकालाई उच्च प्रशंशा गरेका हुन् । जिल्लाको सदरमुकाम चौतारामा सक्रमित भएपनि मेलम्ची आइसोलेशनमा बस्नुभएका Þहरिप्रसाद तिमलसिनाले नगरपालिकाले गरेको व्यवस्थापनबाट सन्तुष्ट रहेको बताउनुभयो । 

मेलम्ची नगरपालिकामा सिन्धुपाल्चोककै क्षेत्रीय आइसोलेशन केन्द्र भएकाले इन्द्रावति गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकासहित नगरपालिका क्षेत्रका सकांस्पद तथा कोरोना सक्रमितको व्यवस्थापन भइरहेको छ । ३५ बेडको क्वारेन्टिन तथा १० बेडको आइसोलेशन कक्ष बनाएको मेलम्चीले धुलिखेल अस्पताल द्धारा सन्चालित बाहुनेपाटि स्वास्थ्य केन्द्रलाई आइसोलेशन बनाएको छ । कोरोना प्रभावितहरलाइ रोगले भन्दापनि मानशिक तनाबले सताउने उनीहरुको अनुभव छ । व्यवश्थित आइसोलेशन र बलियो आत्मबलले कोरोना जित्न सफल भइएको कोरोना जित्नुभएका .कुवेर सिग्देलले बताउनुभयो । उहाँलेपनि नगरपालिकाले आइसोलेशनमा खटिएका सुरक्षाकर्मि, डक्टर ,लगाएत अन्य सहयोगिहरुले गरेको सहयोगले गर्दा नै छिट्टै कोरोना जित्न सफल भएको बताउनुभयो । 

आइसोलेशनमा बस्नेहरुका लागि नगरपालिकाले दैनिक चार पटक खाना, पौष्टिक आहारा, दुध, अण्डा लगायत शक्तिवर्दक चिजहरु उपलब्ध गराउँदै आएको छ । क्वारेन्टिन ब्यबस्थापनका लागि नेपाल प्रहरी, डक्टर तथा कर्मचारी खटिरहेका छन् । नगरपालिकाले संक्रमितलाई कुनै पनि कुराको कमी हुन नदिने बताएको छ । मेलम्ची नगरपालिकाकि उपप्रमुख भगवति नेपालले आफु पनि सुरुदेखिनै कोरोना रोकथाम तथा क्वारेन्टाइन अनि आइसोलेशन ब्यबस्थापनमा खटिएको बताउनुभयो । 

कोरोना लगायत अन्य जुनसुकै रोग जित्नपनि आत्मविश्वास आवश्यक हुन्छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई रोकथामका लागि पनि व्यक्ति आफुमा पनि सचेतना सँगै संक्रमण जित्न आत्मविश्वास आवश्यक छ ।

, ,