नागपुजे र भीरखर्कमा खसेको पहिरोले कम्तिमा १८ घर पुर्यो, दर्जनौँ सम्पर्कबिहिन

 अर्जुन शर्मा, चौतारा, भदौ २८ । 

गएतारति देखिको लगातारको बर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजे र भीरखर्कमा खसेको पहिरोले कम्तिमा १८ घर पुर्यो दर्जनौ सम्पर्कबिहिन भएका छन् ।


 नाकपुजे पहिरोमा पुरिएको मध्ये १ महिलाको शब फेला परेको स्थानिले बताउनुभएको छ ।

नाकपुजेमा कम्तिमा २० देखि २५ जनाको ज्यान पहिरोमा पुरिएको हुन सक्ने आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पार्ले बताउनुभयो । सो बस्ति वडा नंं. ७ का वडाका अध्यक्ष मिनबहादुर श्रेष्ठको समेत त्याहाँ घर पर्दछ ।

सभामुख स्थलमार्गबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ आउन लाग्नुभएको छ ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ । त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घर हरु पुरिएको छ मानविय मानवीय क्षती नभएको बताइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।


, ,