लिदी पहिरो पीडितको माग सुरक्षित बासका साथै खेतीयोग्य जमीन देउ

चौतारा,भदौ १९ । 

हामीलाई तत्काल खेती योग्य जमीनको ब्यबस्था गरिन पर्यो भन्दै लिदी पहीरो पिडीतहरु जिल्ला प्रशासन कार्यलय धाइ रहेका छन ।


 आफ्नो आमा श्रीमती र छोरा सहित तिनवटा घर र जग्गा गुमाउँनु भएका निमा छिरिङ्ग दोङ सहित पहीरो पिडीत ब्यबस्थापन समितीका संयोजक रेशम दोङ लगाएतहरु जिल्ला प्रशासन कार्यलयमा सुरक्षीत बस्ती  र खेतीयोग्य जमीनको ब्यबस्था गर्न माग लिएर धाएका हुन । आमा श्रीमती र छोरा को ज्यान गयो अनी करिब चालीस लाख रुपैया भन्दा बढी क्षेती भयो भन्दै निमा छिरिङ्ग दोङ आफुले यो अबस्था आउँन सक्छ  भनेर बेलैमा सिन्धु पाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी मार्फत सुरीक्षीत बस्तीको माग गरेका थियाँै ।

गाँउपालकिामा गयौ हरेक कार्यलय धायौ हाइड्रेपावर ले बस्ती मुनी बाटो खनेको कारण क्षती हुन लाग्यो भन्यौ हाम्रो कुरा सुनुवाइ भएन हामी यसको माग लिएर अगाडी बढ्दै थियौ पहीरो आइ हाल्यो र बस्ती नै बगायो हेर्दा हेर्दै  परिबार सहित सबै सम्पती गुमाउँन पर्यो यो भन्दा  पिडा मैले कती सहनु भन्नु भयो । 

अझै पनी आफुहरु माथी स्थानीय सरकारले खेलबाड गरिरहेको बताउँनु हुँदै निमाले तत्काल हाइड्रे पावरलाइ कार्बाही गर्ने हो की कसलाइ हो हामीले भन्ने कुरा भएन तर हामीलाइ सुरीक्षीत बास स्थानका साथै क्षेती पुर्तीको ब्यबस्था हुन पर्यो भन्नु हुन्छ । उँहाले  यत्रो पिडा बोकी रहेका पिडीतका लागी वडा अध्यक्ष प्रताप लामाले दिन रात खटेर सहयोग गरिरहेको भएता पनी जुन कारण हाम्रो बस्ती गयो त्यो कारण पत्ता लगाएर त्यस प्रती नागरिकको पक्षमा काम गर्न नसकेकोमा स्थानीय सरकार प्रती गुनासो रहेको बताउनु भयो । 

उता पहीरो पिडीत ब्यबस्थापनको संयोजक समेत रहनु भएको रेशम दोङ ले हुने खाने बोल्न सक्ने का लागी मात्र होइन  बोल्न नसक्ने पहुच कमी भयकाका लाग िराहातको ब्यबस्था गरिदिन सरकार साँग माग गर्नु भएको छ ।  खेती किसानमा कार्यरत रहेको र पहीरोबाट अन्न पानी घर भाडाकुडा सबै क्षेती भयो मानबिय क्षेती भने हुन पाएन जग्गा ४ कित्ता अनुमानीत १० रोपनी  गरि कम्तीमा पन ितिस लाख हाराहारमिा सम्पती   क्षती भएको छ भन्नु भयो । 

यस अघी सरकार सँग माग गर्दा वास्ता नगरेको हाइड्रेपावरले बस्ती मुनी बाटो खनेर जोखिम पारेको बताउँदै हामीले समयमा नै सम्बन्धीत निकाय सँग यस बिषयमा जानकारी गराउँदा पनी   वास्ता नगरेका कारण यो अबस्था आएकोमा दुख लागेको बताउँनु भयो । उँहाले हुने खाने बलीया मात्रको सुनुवाइ भयो हामी गरिबाके सुनुवाइ भएन । अहीले दिएको ठाँउमा  खेती गरेर खाने जग्गा नभएको कारण खेती योग्य जग्गाको आबश्यक भएको छ ।

म अहिले पहिरो ब्यबस्थावन समितकिा संयोजक भएको हुँदा मेरो मात्र होइन  सबै पिडीतलाइ सुबिधा हुने गरि सरकारले ब्यबस्थावपन गरिदिन पर्यो दोङले भन्नुभयो । गत श्रावण ३० गते गएको पहीरोबाट २९ घर क्षेती भएको ज्यान गुमाउँनेको सख्या  ३९ रहेको ५ जना घाइते रहेका छन । घाइते मध्य १ जना काठमाण्डौमा र ४ जना चौतारा अस्पतालमा उपचार गराइ रहेका छन ।


, , , ,