ओरेकले महिला माथि हुने हिंसा सम्बन्धि मासिक प्रतिवेदन प्रतुत

लोकप्रिय समाचार, भदौ २४ । 

ओरेकले महिला माथि हुने हिंसा सम्बन्धि श्रावण महिनाको मासिक प्रतिवेदन प्रतुत तयार गरेको छ । संस्थाका कार्यकारी  निर्देशक लुभराज न्यौपानेले गत भदौ २० गते एक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 


 संस्थाले महिला तथा बालिका माथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ ।

संसथाले श्रावण महिनामा ओरेक नेपालले ३४५वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क  (मनोपरामर्शकर्ता र हटलाईन मार्फत–२०३, तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त–१४२)  अभिलेखिकरण गरेको छ । 

अभिलेखीकरण भएकाकूल ३४५ हिंसाका घटना मध्ये ११७ वटा (३४ प्रतिशत) घरेलु हिंसासँग सम्बन्धीत छन् । यसैगरी ३६ वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ११२ वटा (३३प्रतिशत) बलात्कार , २४ वटा (७प्रतिशत) यौन दुव्र्यवहार र ११ वटा (३ प्रतिशत) बलात्कारको प्रयासको घटना भएको पाइएको छ ।

यसरी नै १७ वटा (५ प्रतिशत) हत्या, १२ वटा (३ प्रतिशत) हत्याप्रयास, ८ वटा (२ प्रतिशत) आत्महत्याको घटना, १–१ प्रतिशत (४, २) मानव बेचविखन र साइवर अपराधका घटना संकलनभएका छन् भने १ प्रतिशत अन्य प्रकारका हिंसाका घटना रहेका छन् जसमा एक जना महिलालाई अलपत्र पारिएको र १ जना महिला माथि एसिड आक्रमण गरिएको घटना  रहेको छ ।

संस्थका अनुसार श्रावण महिनामा अभिलेखिकरण भएका हिसाको संस्थाले ५ वर्गमा बर्गिकरण गरिएको छ । संस्थाले उक्त हिंसालाई प्रभावितको उमेरको आधारमा, प्रभावितको आरोपित व्यक्तिसँगको सम्बन्ध आरोपित र उमेर सम्बन्धमा जस्ता बिषयमा बर्गिकरण गरि प्रकाशित गरेको छ ।  

यसरी अभिलेखीकण भएका तथ्याँकलाई आधार मान्दा महिला तथा बालिकाहरु घरभित्र नै बढि असुरक्षित छन् भन्ने तथ्याकंले पुष्टि गरेको छ ।  यसर्थः महिला माथि हुने हिंसाको अन्त्यका लागि कानुनी समानता मात्र पर्याप्त हुँदैन । विभेद र  हिंसालाई मलजल गर्ने साँेच, दृष्टिकोण र व्यवहार साथै समाजले बनाएको लैंगिक पहिचान र भुमिका परिवर्तन गर्ने अभियान र नीतिगत व्यवस्थाको आवश्यकता रहेको छ । सुरक्षित र हिंसा रहित वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । तसर्थ ः महामारीको अवस्था छ भनेर महिलाका लागि संविधानतः तथा अन्य कानुनहरुले सुनिश्चित गरेका अधिकारहरुलाई नकार्न मिल्दैन । यसतर्फ सरकारको ध्यानजान जरुरी छ ।


, , , ,