वडाध्यमाथी हातपात


सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ माथी हातपात भएको समाचार प्राप्त भएको छ ।


यसरी हातपात भए पछी आश्वीन ८ र ९ गते वडा बाट हुने अती आबश्यक सेवा बाहेक अरु काम नहुने भएको छ । वडा कार्यलयबाट जारी सुचना अनुसार साँगाचोक डडुवाको बाटो पिच गर्नका लागी ठेक्का लिएका ठेकदार हरु द्धारा कुट पिट गरिएकोले उपचारको लागी अस्पतालमा बस्न पर्ने भएकाले २ दिन काम नगरिने बताइएको छ । यस सम्बन्धमा अध्यक्ष श्रेष्ठ सँग सम्पर्क  राख्दा आफुले सांगाचोक डडुवा सडक नाली काट्दा हिलो भएर सडक अबरुद्ध भएकोले माटो पन्छाएर छिटो काम गर्न भने पछी   बिबाद भएको र आफु माथी कुटपिट भएको बताउँनु भयो  । उँहाले आफुलाइ  सुर्य श्रेष्ठ र सुस्मेन श्रेष्ठ ले  कुटेको र आफु अहिले  उपचारका लागी काठमाण्डौको एभरेष्ट अस्पतालमा रहेको बताउँनु भयो । आफुलाइ कुट्ने बितीक्केै प्रहरीलाइ खबर गरेको र प्रहरीले दुवैको खोजी गरिरहेको बताउँनु भयो  ।काठमाडौ बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार गराइ रहनु भएका श्रेष्ठले टाउकोमा गम्भीर चोट लागेको र रगत जमेकोले थप उपचार चलिरहेको  बताउँनु भयो ।


, ,