भोलिबाट सिन्धुपाल्चोक पूर्ण रुपमा खुल्ने

चौतारा,भदौ ३१ ।

भोलिबाट सिन्धुपाल्चोक पूर्ण रुपमा खुल्ने भएको छ ।  कोरोना भाइरसको संक्रमण त्रासलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि जिल्लामा लगाइएको लकडाउन बुधबार रातिबाट सकिएको छ  । सो सँगै जिल्लामा लकडाउन पूर्ण रुपमा खुल्ने छ । 


बुधबार बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले बिहिबार अर्थात भोलि बाट जिल्लामा लकडाउन खुल्ने निर्णय गरेको हो । 

कोरोना संक्रमणको दर तीव्र भएतापनि मन्त्रिस्तरीय निर्णयबाटै भोलि बाट लकडाउन पुर्ण रुपमा खुल्ने र छोटा तथा लामा दुरीका गाडी सञ्चालन गर्ने निर्णय भएपछि जिल्लामा पनि सबै किसिमका पसल व्यवसाय पूर्ण रुपमा सञ्चालन गरिने भएको हो । लकडाउन खुलेपनि सर्वसाधारणले स्ुवास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने छ ।

जिल्ला प्रवेश गर्ने व्यक्तिहरुको सवालमा जिल्ला प्रवेश गर्दा पालिका तथा वडाको पत्र लिइ प्रहरीले सम्बन्धित वडाध्यक्षलाई बुझाउने र वडाध्यक्षले ती व्यक्तिहरुलाई क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने निर्णय भएको छ ।

सरकार तथा गैसरकारी कार्यालय, होटलहरु सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सामग्री अपनाइ सामाजिक दुरी कायम गर्नुपर्नेछ । शिक्षण संस्था, गोष्ठी, सेमिनार, पार्टी, समूहमा खेलिने खेलकुद, पुस्तकालय लगायत भने बन्द नै रहने भएको छ ।  

, , , ,