कुनै पनी बेला थप जोखीम हुन सक्ने भन्दै हाइलर्टमा बस्न सभामुखको आग्रह

नेत्र बहादुर बस्नेत, भदौ २८ । 

बिपत्ती बाजा बजाएर आउँदैन बिपतको बेलामा गरेको सहयोग नै सबभन्दा ठुलो सहयोग हो,त्यसैले बिपतमा परेका नागरिकलाइ जोकोहीले पनी सहयोग गर्न पर्ने सम्माननीय सभामुख  अग्नी प्रसाद सापकोटाले बताउँनु भएको छ ।


सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालीका वडा न. ७ मा गएको पहीरो पिडीतको उद्धारका लागी बाह्रबिसे आउँनु भएका सापकोटाले तत्काल पिडीतलाइ राहात उपलब्ध गराउन र यसरी पहीरोका जोखिममा पर्न सक्ने सम्भावीत क्षेत्रको पहीचना गरि नागरिकलाइ सुरक्षित स्थानमा सार्न स्थानीय सरकार हरलाइ अनुरोध गर्नु भयो ।

 सिन्धुपाल्चोकको जुगलमा  भएको दुखद घटनाको मलम लगाउँन नपाउँदै बाह्रबिसेमा यस्तो घटना हुँदा आफुलाइ ठुलो पिडा भएकोले खबर पाउँना साथ  पिडीतको उद्धारका लागी आउँनु भएको सापकोटा २०७२ को भुकम्प जाँदा पनी तत्काल सिन्धुपाल्चोक आएर जनताको सहयोगका लागी जुटनु भएको थियो भने जुगलमा गउको पहीरो अनि बाह्रबिसेमा गएको पहीरोका कारण पिडीत भएका पिडीतको दुख  बाँडन  सापकोटा सिन्धुपाल्चोक आउँनु भएको हो ।

सबै भन्दा  पिडादाइ घटना सिन्धुपाल्चोकमा भएकोमा दुख ब्यक्त गर्दै सापकोटाले आफु सँधै दुखी पिडीत नागरिकको पक्षमा रहेको बताउँनु भयो ।  सभामुख  सापकोटाले बाढी पहिरो पीडितहरूका लागि एकीकृत,केन्द्रीकृत कार्य योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनु  हँुदै सिन्धुपाल्चोकमा भएको एकपछि अर्को प्राकृतिक विपद्लाई सामान्य प्रकोपको रूपमा लिन नहुने बताउनुभयो ।

बाढी र पहिरोपीडितहरूलाई सम्बोधन गर्दै तत्कालीन अल्पकालीन र दीर्घकालीन खाकासहितको पाइलट योजना बनाउन आफूले पहल गर्ने, नागपुजे र भीरखर्कका पहिरोपीडितहरूलाई अस्थायी व्यवस्थापन गर्दै सम्पूर्ण पीडितहरूका लागि स्थायी समाधानको रूपमा एकीकृत मोडेल तयार गर्न आफू लागि परिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

 सभामुख सापकोटाले सिन्धुपाल्चोकमा कति बेला कुन विपत्ति आइपर्ने भन्न नसकिने भएको हुँदा सबैलाई हाइलर्टमा बस्न पनि आग्रह गर्नुभयो ।

तत्काल जोखिमका बस्ती स्थानान्तरण गर्न देउवाको माग 

नेपाली  कांग्रेसका सभापति पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकका जोखिममा रहेका बस्ती स्थानान्तरण गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नु भएको छ् । उँहाले आइतबार बिहान गएको पहिरोमा परेर सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल  राहत र उद्दार कार्यलाई तीव्रता दिन पनि सरकारसँग माग गर्नु भएको छ । उँहाले सबै लाइ सहयोग गर्न अपिल समेत गर्नु भएको छ  ।

उँहाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का तीन स्थान (नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा भएको क्षतिको र बाग्लुङको पहिरोप्रति  दुःख व्यक्त गर्नु भयो । उँहाले मृतकप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना साथ समेत गर्नु  भएको छ  । ’प्राकृतिक विपतको यस घडीमा बेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरू,खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न  सरकारसँग आग्रह गर्दै देउवाले उद्दार र राहतको काममा लाग्न पार्टीका नेता कार्यकर्तालाई  निर्देशन दिनु भएको छ ।


सोही अनुसार पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले घटना स्थलमा पुगेर  पार्टीको तर्फबाट  पिडीत प्रति परिवारलाइ तत्कालका लागी  रू २५ हजार  नगद हस्तान्तरण गर्नु भैई सबैलाई उद्घारमा खटन र सहयोग गर्न अनुरोध गर्नु भएको छ । 


उाँहाले जुरे पहीरो , भुकम्प , जुगल, भोटेकोशी , बाह्र्बिसेमा यस अघीका घटनाकाको बारेमा ब्यबस्थापन नहुँदै फेरी अर्काे बज्रपात भएकोमा दुख ब्यक्त गर्दै घटनामा परि ज्यानगुमाउँनेहरु प्रती श्रदान्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

पहीरो पिडीतलाइ रहात दिदा एकद्धार प्रणाली गर्न नगरप्रमुख निमफुञ्जोको अनुरोध

यसै बिच बाह्रबिसे नगर पालीकाका प्रमुख निमफुञ्जे शेर्पााले आफ्नो नगरपालीकामा ठुलो आपत्ती आइलागेकोमा दुख ब्यक्त गर्दै तत्काल प्रत्यक परिबारलाइ रु एकलाखका दरले राहात उपल्ब्ध गराइने र राहात सहयोग गर्न सबै पक्षलाइ अनुरोध गर्दै  कसैलोइ दोहोरो तेहोरो पर्ने कसैले पाउँदै नपाउँने हुन सक्ने भएकाले नगरपालीका मार्फत सहयोग गर्न सहयोगीहरुलाइ अनुरोध गर्नु भएको छ । उँहाले मृतक परिवारलाई किर्या खर्च स्वरुप तत्तकालको लागि रु एक लाख दिने घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै सर्त नराखी सम्पुर्ण खर्च नगरपालिकाले ब्यहोर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ  । 

उक्त क्षेत्रको जनतालाई आबस्यक टेन्ट , त्रीपाल तथा अत्ति आबस्यक बस्तु पनि नगरप्रमुखले उपलब्ध गराईसक्नु भएको छ । साथै , अग्रपंक्तिमा खट्नुहुने सम्पुर्ण सुरक्षाकर्मी , स्थानियलाई मन बाटै कृतज्ञता ब्यक्त गर्दछु निमफुन्ञ्जो शेर्पाले भन्नु भयो । यसै बिच  बागमती प्रदेशका   उद्योग बनबातबरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल प्रदेस सभा सदस्य शरेस नेपालले प्राकृतिक विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताउनुहुँदै आफुहरुलाइ दुख लागेको बताउँनु भएको छ ।


यसै गरि पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गले जुलको पिडामा औषधी लगाइ सक्न नपाउँदै बाह्र्बिसेमा फेरी यस्तो कहाली लाग्दो घटना घटेकोमा दुख ब्यक्त गर्नु हुँदै राहात सहयोगमा सहयोग गर्न सबैमा अनुरोध गर्नु भयो  ।


नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, राष्ट्र्ीय प्रजातन्त्रपार्टीका अध्यक्ष पशुपती शम्शेर जबरा, लगाएतले उक्त घटना प्रती गहीरो दुख ब्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना साथ  उद्धार सहयोगमा लाग्न सबैमा अनुरोध गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालीका ७ मा आइतबार बिहान गएको पहीरोमा परि २२ घर पुर्ण रुपमा क्षति भएको थियो । सो पहिरोमा ३१ जना बेपत्ता भएका थिए । आइतबार साँझसम्म  पुरीएका ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् ।


, , , ,