गुनासो सुन्न प्रहरीले राख्यो सुझाव संकलन पेटिका

अर्जुन शर्मा, चौतारा । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नागरिकका गुनासो र सुझाव संकलनका लागि जिल्लाका ३ नगरपालिकामा उजुरी पेटिका राखेको छ ।


 प्रहरीले चौतार साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र बाह्रबिसे नगरपालिकामा गुनासो तथा सुझाव पेटिका राखेको जनाएको छ । 

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्तर सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको हो । 

Add caption

प्रहरीले स्थानीयको बढी आवतजावत हुने स्थानहरु छनौट गरी सुझाव पेटिका राखेको जनाएको छ । चौतारामा नगरपालिकाका प्रमुख आमानसिंह तामाङ, मेलम्चीमा नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याल र बाह्रबिसेमा नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले सुझाव संकलन पेटिका को उद्घाटन गर्नुभएको हो ।

यस्तै बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि  गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ । 

बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका महानगरपालीका (एक), उपमहानगरपालीका (एक), नगरपालीका(पच्चीस)  र सदरमुकाममा रहेका गाउँपालीकामा (एक) गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीएको हो । 

नागरिकबाट प्राप्ते हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवम् जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगतरुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटीका राख्ने कार्यक्रम तय गरेकोछ । 

कार्ययोजना भएको व्यवस्था अनुसार प्रथम चरणमा सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी २८ वटा स्थानीय तहमा, दोस्रो चरणमा ७० वटा गाउँपालीका र तेस्रो चरणमा प्रदेश भरीका ८७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने कार्यक्रम तय गरिएको छ ।

, ,