पिडीतलाइ सुरक्षित बासस्थानमा सार्न राप्रपाको माग


सिन्धुपाल्चोक जिल्ला का बिभिन्न स्थानमा गएको बाढी पहीरोका कारण विस्तापित भएका विस्तापितहरुलाइ तत्काल बैकल्पीक सुरक्षित स्थानमा सार्नका लागी राष्ट्र्यि प्रजातन्त्रपार्टीले माग गरेको छ ।


राष्ट्र्यि प्रजातन्त्रपाटी क्षेत्र नं २ सिन्धुपाल्चोक क्षेत्रीय कार्यसमितीको तर्फबाट क्षेत्रीय अध्यक्ष फडिन्द्र प्रसाद दाहाल लगाएतको प्रतिनिधी मण्डलले जिल्ला प्रशासन कार्यलयमार्फत नेपाल सरकार सँग माग गरेको छ । आश्वीन ६ गते पेस गर्नु भएको ज्ञापन पत्रमा  अबीरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाँउपालीकाको बोल्दे, जुगल गाँउपालीकाको  लिदी बाह्र्बिसे नगर पालीका भोटेकोशी  लगाएतका गाँउ हरुमा बाढी पहीरोले क्षेती गरेको र त्यसको क्षती पुर्तीका साथै सुरीक्षीत स्थानमा बसोकास गर्ने बातबरण मिलाउँन माग गर्नु भएको छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्का यो मागलाइ प्रधान मन्त्रीको कार्यलय, पुननिर्माण बिपद ब्यबस्थापन लगाएतका कार्यलयहरुमा पठाइ कार्यन्वयनमा सहयोग गर्ने बताउँनु भयो । उँहाले  नागरिकको  समस्या  समाधानका लाग िआफुले सक्ने। हुने सबै खाले सहयोग गर्ने बताउँनु भएको क्षेत्रीय सदस्य हरिबहादुर गुरुङ्गले जानकार िदिनु भयो । अर्का क्षेत्रीय सदस्य सुरेश तामाङ्गले तत्काल समस्या समाधानमा लाग्ने प्रजिअको  भनाइ प्रती आफु लाइ खुशी लागेको बताउँनु भयो । 


, , , , ,