मृगौला पीडितलाइ सिन्धु काँग्रेसको सहयोग

चौतारा, असोज ११ । 

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीका तथा गाँउपालकिा महासंघका महासचिव बंशलाल तामाङ्ग सहितको उपस्थितिमा सिन्धु काँग्रेसले राहात बितरण गरेको छ ।

 नेपाली काँग्रेसका जिल्ला सभापती बिकाश लामाको अतिथ्यतामा नेपाली कांग्रेस सिन्धुपाल्चोकले सिन्धुपाल्चोकका मृगौला पीडित तथा पहिरो पीडितलालाई राहत सहयोग गरेको हो ।

 सिन्धुपाल्चोक कांग्रेस सभापति बिकास लामाको अनुरोधमा नेपाली जनसम्पर्क समिति साइप्रस बाट प्राप्त सहयोग रकम रु ६० हजार र शेर्पा संघका केन्द्रिय सदस्य पेम्बा ग्याल्जेन शेर्पा र निमा जाङ्बु शेर्पाको पहलमा शेर्पा समाज अमेरिका बाट प्राप्त सहयोग रु ४० हजार गरि कुल १ लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराएको हो ।

 नेपाली कााग्रेस सिन्धुपाल्चोकले  मृगौला पिडीत सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं ५ का प्रबिन आलेमगर र इन्द्रावती गाउँपालिकावडा नं ४का पाल्देन लामालाई  प्रती ब्यक्ती १० हजार का दरले  सहयोग गरेको नेपाली काँग्रेस सिन्धुपाल्चोक का २ न क्षेत्रीय सभापती आइतमान तामाङ्ग (ज्ञानु) ले जानकारी दिनु भयो ।

उँहाका अनुसार पहिरोमापरी मृत्युवरण गरेका पाँचपोखरी गाउँपालिका – २ बरुवाका यज्ञ बहादुर बन्जारा र लक्ष्मी बन्जाराका छोरा सुमन बन्जारालाई सहयोग रकम मध्ये रु ५० हजार तथा भिरबाट लडेर मृत्यु भएका कामी लामाको परिवारलाई रु २० हजार वितरण गरिएको छ ।

नेपाली कांग्रेस सिन्धु काठमाडौं सम्पर्क समितिको कार्यालयमा भएको उक्त राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामा,उपसभापति शिव सुनार, क्षेत्र नं २ का सभापति आइतमान तामाङ, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ लगाएतको उपस्थिती रहेको महाधिबेशन प्रतिनिधी तथा  हास्य कलाकार शिबहरी बैरागी नेपालले बताउँनु भयो ।

, , ,