आगामी दिनमा राप्रपा देशकै पहीलो पार्टी हुने राप्रपा नेताहरुको दाबी

चौतारा,असोज २४ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनमा  नेपालका नागरिकले देशकै पहीलो पार्टी बनाउँने दाबी गरेका छन । राप्रपाको एकता सँगै पार्टी बलीयो भएको र अब पार्टीलाइ नेपाली नागरिकले देश कै पहीलो पार्टी बनाउँने राप्रपाका नेताहरुले दाबी गरेका हुन । 


राप्रपाका केन्द्रिय सदस्य उदय सापकोटाले सिन्धुपाल्चोकको बिकाशको शुरुवात पशुपती शम्शेर बाटै भएको र पशुपती शम्शेरले  बिना भेदभाव गाँउको बिकाशका लागी गरेको योगदानको कदर गर्दै आएका सिन्धुबासिले पछिल्लो चरणमा परिबर्तन चाहेको भए पनी पछिल्लो चरणका राजनीती दल कांग्रेस, कम्युनिष्टका नेताहरुले गरेको ब्यबहार देखी रुष्ट भएका बताउनुभएको छ ।

उहाँले थप्नुभयो,“त्यसकारण पनी नागरिकहरुले अब कुन सत्य कुन असत्य छुट्याउँने भएकाले राप्रपालाइ नै पहीलो पाटी बनाउँने बिश्वास ब्यक्त गर्दछु” उहाँले भन्नुभयो ।  राप्रपा सिन्धुपाल्चोक २नं क्षेत्रका क्षेत्रीय कार्यसमितीले शनीबार  मेलम्चीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य सापकोटाले अहिलेको सरकारले विकासको बाटो पहिल्याउन नसकेको बताउनुभयो । उहाँले गर्नपर्ने काम धेरै भएपनि सरकार जनताको घरदैलोमा पुग्न नसेको भन्दै आगामि चुनाबमा राप्रपा अगाडि बढेर विकासको मुल फुटाउनुपर्नेमा जोड दिनुभयो ।

सोहि कार्यक्रममा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष दइन्द्र बहादुर ठकुरीले राप्रपाको एकता पछी राप्रपा झन बलीयो भएको भएता पनी कार्यकर्ताको चाहाना अनुसार काम गर्न नसक्दा पार्टीलाइ ठुलो नोक्सानी हुने हुँदा यस तर्फ नेतृत्व तहले ध्यान दिन पर्ने बताउँनु भयो । 

ठकुरिले पार्टिलाइ एक ढिक्का भएर अगाडि बढाउन युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अब छिट्टै कार्यकर्तामा प्रशिक्षण कार्यक्रम गर्ने समेत बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टिका क्षेत्रिय सभापति फणिन्द्र दाहालले भ्रष्टाचार विरुद्ध अब राप्रपाले आवाज उठाउने दाबि गर्नुभयो ।

राप्रपाले क्षेत्रिय कार्य समिति र क्षेत्रिय कार्य सम्पादन समिति समेत गठन गरेको छ । फणिन्द्र दाहालको ३१ कार्यसमिति र ११ सदस्यिय कार्य सम्पादन समिति समेत गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टिका क्षेत्रिय सभापति फणिन्द्र दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा नजिकिदै गरेको विजया दशमि तथा शुभ दिपावलिको सुभकामना सहित गठित सदस्यहरुलाइ बधाइ तथा सुभकामना दिइएको थियो । राष्ट्रिय प्रजातन्त्रपार्टी शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष राजेन्द्र भटराइ लगाएतले आआफ्नो धारणा राख्नु भएको थियो ।  क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा २ नं क्षेत्रका राष्ट्रिय प्रजातन्त्रपार्टीका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

, ,