मेलम्चीको फोहोरमैला प्रसोधन केन्द्र निर्माण अन्तिम चरणमा

चौतारा, असोज २५ । 

मेलम्ची नगरपालिका वडा नं ११ मा रहेको फोहोरमैला प्रसोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ। 


संघीय सरकार र मेलम्ची नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुन् लागेको सो केन्द्रको लागत २ करोड रहेको छ।

धेरै स्थानीय तहमा फोहोर मैला व्यवस्थापन ठुलो चुनौतिका रुपमा रहेको अवस्थामा मेलम्ची नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो। आधुनिक विधि र उपलव्ध प्रविधिको उपयोग गर्दै कुहिने र नकुहिने फोहोरमैला व्यवस्थापन गरिने सो केन्द्र संचालनमा आएपछि नगरको फोहरमैला व्यवस्थापनमा ठुलो मदत्त पुग्ने नगरपालिकाका इन्जिनियर जेबी कार्कीले बताएका छन।

यसै क्रममा चाँगु नारायण नगरपालिकाका प्रमुख सोम मिश्र सहितको टोलीले  सो प्रसोधन केन्द्रको अवलोकन गरेर निर्माण र संचालनको तयारीका वारेमा जानकारी लिएको थियो।

सो केन्द्र संचालनमा आए पश्चात छिमेकी  पालिका संग पनि सहकार्य गरेर यस क्षेत्रमा नमुना कार्य गरिने बताउदै  नगर प्रमुख डम्बर अर्यालले यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।

सो केन्द्र संचालनमा आए संगै कुहिने फोहोर बाट कम्पोस्ट मल बनाउने र नकुहिने फोहोरलाई पुन प्रयोग गर्ने योजनामा नगरपालिका रहेको बाताउदै प्रमुख अर्यालले यसले नगरलाई स्वच्छ र सफा बनाउनुका साथै स्थानीय स्तरमा रोजगारी पनि सिर्जना हुने धारणा राखेका छन।


, , ,