स्थानीय निकायमा शिक्षित युवाहरुको भीजनको आवश्यकता

रबिन्द्र खड्का ‘संघर्ष’, 

हाम्रो देश नेपालमा लगभग वि.सं.२०५४ सालमा स्थानिय निकायको चुनाव भएदेखि स्थानीय निकायको चुनाव हुन नसकेको अवस्था थियो ।


लगभग २० वर्ष पश्चात नेपाली जनताहरुले आफुले छनोट गरेका जनप्रतिनिधिलाई आफ्नो अमुल्य मत दिएर विजयी गराएका छन् । २०७४ सालको स्थानीय चुनावले सम्पुर्ण नेपाल आमाहरुको सन्तती तथा सिन्धुबासीहरुको मन फुरुङग भएको थियो ।

आफ्नो गाँउपालिका र नगरपालिकाको भविष्य राम्रो हुने आशामा बसीरहेका छन् । स्थानीय चुनावमा निष्ठावान, समाजमा केहि गर्छु भन्ने व्यक्तिहरुलाई स्थानिय चुनावको टिकट दिनुको सट्टामा जोसंग पैसा र आर्थिक रुपमा सबल तथा प्रवल रहेका थिए उनीहरुको सम्भावना उच्च रह्यो । राजनिति व्यापार होइन समाज सेवा हो तर व्यापारी र ठेक्कापट्टा गर्ने व्यक्तिहरुलाई टिकट दिईएको कारणले गर्दा सिन्धुबासी निष्ठावान र समाजमा केहि गर्छु भन्ने शिक्षित युवाहरुको भविष्य ओजेलमा पर्ने होकि भनेर चिन्ताको वहस पनि चल्न थालिसकेको छ ।

“सबैभन्दा ठुलोनै पैसा रहेछ” भनेझै  विकासको निमित्त भन्दा पनि आफ्नो फाईदाको निमित्त राजनिति गर्नेहरु हावी हुँदा शिक्षित युवाहरुको भीजन बालुवामा पानी हालेझै भईरहेको छ । यदि सिन्धुपाल्चोक जिल्लामा राजनिनिती गर्ने दलहरु ए, बी, सी, डि  जुनसुकै पार्टीले स्थानिय निकायमा विजय हासील गरेपनि सिन्धुपाल्चोकको मुहार फेर्न शिक्षित यूवाहरुको भिजनको आवश्यकता रहेको छ । 

जुनसुकै पार्टिमा आस्था भएपनि शिक्षित युवाहरुसंग स्थानिय निकायमा रहेका विजेता उमेद्वारहरुले बैठक राखि सरसल्लाह गरेर स्थानिय निकायको भीजनको खाका निर्माण गरी विकाशको निमित्त अगाडि बढ्नुपर्ने समय नै आजको आवश्यकता हो । यदी यो समयमा पनि बिजयी उमेद्वारहरुले विशेष ध्यान दिइएन भने स्थानीय निकायको विकास शुन्य हुनेछ । २० वर्ष पछिको यो अवसरलाई सदुपयोग नगर्ने हो भने यो देश तथा यो सिन्धुपाल्चोक जिल्ला  अझै २० वर्ष पछाडी धकलिने छ । 

सिन्धुपाल्चोक जिल्लामा रहेको ३ ओटा नगरपालीका र ९ ओटा गाँउपालिकाको विकासको निमित्त सब सिन्धुवासीहरुले पनि अपनत्त्व बोध गर्दै सिन्धुपाल्चोकको विकासको निमित्त सहयोग गर्नुपर्ने दिन आएको छ । यो समय भनेको स्वर्णीम समय हो । यदि यो समयमा पनि सिन्धुपाल्चोक जिल्लाको राजनैतिक दल र सिन्धुवासीहरु ले यो कुरा नबुझ्ने हो भने यो अवसर फलामको चिउरा चपाएझै हुनेछ । यदि सिन्धुपाल्चोकलाई यो देशको नमुना जिल्ला बनाउने हो भने यो जिल्लामा रहेका सबै राजनितिक दल र सिन्धुबासीहरु हातमा हात मिलाएर काधमा काध मिलाएर अगाडी बढ्नुपर्ने आजको मुख्य आवश्यकता हो ।

यदि सिन्धुपाल्चोक जिल्लाको निमित्त सम्पुर्ण राजनैतिक दलहरुको त्याग तथा निस्वार्थ भावनाले अगाडी बढ्ने हो भने यो जिल्लालाई उदाहरणीय जिल्ला बनाउन सकिन्छ । नत्र भने यो जिल्लाको विकास सदा न्यून रहन्छ । यो जिल्ला काठमाण्डौबाट नजिक भएपनि विकासको हिसाबले अत्यन्त नाजुक अवस्थामा रहिआएको छ यहि हुनाले सम्पुर्ण सिन्धुबासी, सरोकारवाला निकाय, सिन्धुप्रेमी आम नागरिकहरुले सिन्धुपाल्चोकको मुहार फेर्नको निमित्त एकजुट भई अगाडी बढ्नुनै अतिउत्तम हुनेछ । 

आजको आवश्यकता भनेको नै यो जिल्लाको मुहार फेर्नको निमित्त सब जिल्ला बासी एक रहनु तथा यो जिल्लाको निमित्त केहि गर्छु भन्ने शिक्षित युवाहरु जस्तै  ईन्जीनियर, डाक्टर, शिक्षक, पत्रकार, वकिल, नेतागण, शिक्षित

युवाहरु वा प्राविधीक शिक्षा हासील गरेका व्यक्तिहरुको भिजनको तथा योजनाको साथ अगाडी बढ्यो भने मात्र सिन्धुबासीहरुको भविष्य उज्जवल हुनेछ नत्रभने सदा यो जिल्लाको परिवेश सदा पुरानै तरिकाले चलिरहन्छ । जस्तो तालमा मादल बजिरहन्छ त्यस्तै तालमा यो जिल्लाको भविष्य नाचिरहन्छ । यो जिल्ला परिवर्तन गर्नको निमित्त शिक्षित युवाहरुको काधँमा जिम्वेवारी रहेको छ । यो समयमा पनि यदि ख्याल नगर्ने हो भने दुख संघर्ष गरेर डिग्री पास गरेका शिक्षीत युवाहरु खाडी मुलुकमा ४५ डिग्रीको घाममा रगत र पसिना बगाउन जान बाध्य हुनेछन् ।

त्यहि भएर स्थानिय निकायमानै रोजगारको श्रीजनाको निमित्त कदम चाल्न नितान्तै आवश्यक रहेको छ । स्थानीय निकायहरुमा रोजगारको अवसर श्रीजना गर्दा निष्पक्ष रुपमा आवेदन खुलाएर प्रतिस्पर्धात्मक रुपमा गर्नुपर्ने र नातावाद, कृपावाद, राजनितिवादलाई ग्राहयता दिने काम सदाको निमित्त बन्द गरिनुपर्दछ ।  शिक्षित युवाहरुलाई  उनीहरुको शिक्षाको कदर नहुने हो भने वि.सं. २०७१ सालको जुरे पहिरो, २०७२ बैशांख १२ गतेको महाभूकम्प, २०७३ सालको भोटेकोसीको वाढी, तथा विभिन्न प्रकोपबाट विपद् मा परेको सिन्धुबासीहरुको भविष्य सदा अन्धकार नै रहनेछ । यो समय भनेको सिन्धुपाल्चोक जिल्लाको मुहार फेर्ने समय हो ।

यो महत्त्वपुर्ण घडिमा पनि शिक्षीत युवाहरुको भीजनलाई लात मार्ने हो भने कदापी सिन्धुपाल्चोक जिल्लाको विकास असम्भव रहेको छ । चिल्ला(चिल्ला भाषण र चाप्लुसीवादले कदापी यो सिन्धुपाल्चोक जिल्लाको भविस्य उज्जवल हुदैन । विकासको निमित्त काम गरेर देखाउनुनै आजको आवश्यकता हो । सब सिन्धुबासीहरुलाई चेतना भया...... जय जन्मभूमि जय मातृभूमि जय सिन्धु ।


, ,