विप्लव नेकपा द्वारा संघर्षका कार्यक्रम सार्वजनिक




काठमाडौं( नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जारी गर्नु भएको विज्ञप्तिमा संघर्षका कार्यक्रम हरु उल्लेख गरिएको छ।


बिज्ञेप्तीमा सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।सार्बजनिक  गसरिएका कार्यक्रम अनुसार २०७७ कार्तीक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने कार्यक्रम रहेको छ । सरकार कोरोना महामारीको यस विषम परिस्थितमा असंवेदनशील र गैरजिम्मेवार बनेको आरोप लगाउँदै सबै नागरिकको निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाउन विप्प्लव द्धारा जारि बिज्ञेप्तीमा भनिएको छ .


, ,