एकराज श्रेष्ठ, दोलालघाट ।
बढ्दो क्रसर उधोगबाट बार्षिक लाखौ टिप नदि जन्य बस्तुको उत्खनन् हुदा नदिको सतह हरेक बर्ष गहिरिने गरेको छ जसको कारण बर्षायाममा बाढीको बहावले उग्ररुप लिन्छ तब स्थानियहरु त्रसित हुन्छन, अब स्थानियहरुको त्रसित युक्त बातावरणलाइ निराधार गर्ने काम चांडै नै हुने भएको छ ।
साविक सापिङ गाबिसका पुर्व अध्यक्ष एवं नेता स्व देवि बहादुर पन्त को १३औ दिनको श्रद्धाञ्जली सभा कार्यक्रमबाट फर्कने क्रममा जोसनाज होटल दोलालघाटमा सामान्य चियापान तथा भेट घाट कार्यक्रममा बोल्दै उँहाले दोलाल घाट क्षेत्रको अवस्था र आवश्यकता अनुरुप ग्याविङ जाली वा मेसिनरी वालको लागि अवको बीस देखि पच्चिस दिन भित्रमा डि पि आर को लागि प्राविधिक खटाइ दिने बताउँनु भयो ।
साथै भुम्लु गाउँ पालि क्षेत्रमा संचालित क्रसरहरुमा यस आर्थिक बर्षको गत श्रावन देखि राजस्व संकलनमा भएको अनियमितताको बारेमा चलेको यथार्थ हल्ला प्रति ध्यानाकर्षण भएको जनाउँदै हुँदै यदि राज्य को अहित हुने काम गर्छ भने जो कोही होस चाहे अन्तर दलका या बिपक्ष दलका उनिहरुलाइ कारवाहीको दायरामा ल्याउनुु पर्छ भन्नु हँदै यसको निश्पक्ष छानबिन गरि दोष्ी ठहरिएमा कार्बही गरिने बताउँनु भयो ।
सो कार्यक्रममा मण्डन देउपुरका नगरका प्रमुख टोप बहादुर वाइवा, काभ्रे जिल्ला संवयन समितीका सदस्य प्रेम लामा , नेकपा पार्टीका विभिन्न पदका नेता लगायत स्थानियहरुको उपस्थिती रहेको थियो।