पहिरो पीडितलाई प्रवासीको सहयोग



         अशोक पराजुली, रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले  जुगल गाउँपालिका– २ स्थित लिदीका पहिरो पीडितलाई सहयोग उपलब्ध गराएका छन् ।


चौतारा साँगाचोकगढी न.पा.११ का विशाल लामाको नेतृत्वमा सन्जय आङ्देम्बे,बिरु लामा,शेरबहादुर तामाङ,मीन गुरुङले कतारमा कार्यरत मजदुरहरुले संकलन गरि पठाएको एक लाख  रुपैयाँ  बराबरको रकमबाट पहिरो पीडितहरुको लागि तिस थान ब्ल्याङ्केट र तीस सेट हाइजेनिक कीट  अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहकाबीच चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले हस्तान्तरण गर्नु भएको हो ्।

हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय समितिका अध्यक्ष प्रबिण लामा,विशाल लामाका दाजु मानधोर्जे लामा, नामग्याल तामाङ लगाएतसहभागि रहनु भएको थियो।


सो कार्यक्रममा वडाका वडा अध्यक्ष प्रताप लामाले प्रवासमा रहेर आफ्नो गाँस कटाएर पीडितहरुको लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध सामाग्री पीडितहरुको लागि  न्यानो राहत भएको बताउँनु भयो  ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पु¥याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।


, , , , , ,