राष्ट्रिय भर्चुअल तेक्वान्दोमा सिन्धुपाल्चोकलाई पदक

चौतारा, असोज २८ । 

कागेश्वरी मनहरा खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको आयोजना,कागेश्वरी मनहरा नगरपालिकाको मुख्य प्रायोजन ,युनिटि तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष मास्टर दिल गुरूङको सह प्रायोजनमा  असोज २६ र २७ गते आयोजित प्रथम कागेश्वरी मनहरा भर्चुअल  तेक्वान्दो  राष्ट्रिय खुल्ला पुम्से प्रतियोगितामा सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै चौतारा सागाचोकगढी नगरपालिका ५ का हिराहरि तेक्वान्दो डोजाङका  प्रशिक्षक रमेश गुरुङले ३१ देखि ४० वर्ष समुहमा कास्य पदक जित्न सफल भएका छन् । 


यस प्रतियोगितामा नेपाली  सैनिक, नेपाल पुलिस सहित देश भरिका ४४ ओटा डोजाङ तथा क्लबका दुई सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । यस प्रतियोगितामा पहेलो पेटी देखी कालोपेटी ७ डान र ५९ वर्ष सम्मको खेलाडीहरुले  सहभागीता जनाएको थियोे ।

सिन्धुपाल्चोक जिल्लाका पदक विजेता गुरूङको कालो पेटी ५ औ डान,  बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वयंसेवक खेलकुद प्रशिक्षक हुन् उहाँको जन्म घर साविक कर्थली गा. वि. स.२ हाल बाह्रबिसे नगरपालिका २ काभ्रे हो ।

, , ,