समस्याका बेला जसले सहयोग गर्छ त्यो नै हाम्रो परम मित्र होः नगरप्रमुख तामाङ

चौतारा, असोज १९ । 

समस्याका बेला जसले सहयोग गर्छ त्यो नै हाम्रो परम मित्र  हो ।


 त्यस्ता मित्रहरुलाइ कहील्यै पनि बिर्सन नसकिने चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङले बताउँनु  भएको छ । सिन्धुपाल्चोक जिल्ला  स्थित सेवक नेपालले गरेका खानेपानीका कार्यक्रमहरुको  जिम्मा लिदै उँहाले यस्तो बताउँनु भएको हो ।

उँहाले सेवक नेपालले चौतारा साँगाचोकगढी नगर पालीका मात्र नभइ जिललाका बिभिन्न भागमा साँच्चीकै सेवा गरेको बताउँदै यस प्रती बिशेष धन्यबाद दिदै आगामी दिनहरुमा पनी यस्ता सेवा मुलक कामहरु गरिरहन आग्रह गर्नु भयो । सेवक नेपालले  सफा खानेपानी कार्यक्रम को २९ वटा आयोजना हरु सम्पन्न गरि अब संरक्षण गरि उपभोक्रालाइ खानेपानी नियमित गर्नका लागी चौतारा साँगाचोकगढी नगरपालीका योजना हस्तानन्तरण गर्ने  कार्यक्रममा सहभागी वडा अध्यक्ष, सेवक नेपालका प्रतिनिधि हरुको बिच यस्तो बताउँनु भएको हो । 

सोही कार्यक्रममा उप प्रमुख जानुका पराजुलीले खाश गरि सेवक नेपालले हामी जनप्रतिनिधीहरुलाइ पुर्णरुपले सहयोग गर्दै आफ्रनो नगरमा २९ वटा योजना सम्पन्न गरि  नागरिकलाई खानेपानीको सुबिधा उपलब्घ गराएकोमा नगर पालीकाको तर्फ बाट बिशेष आभार प्रकट गर्दै सेवक नेपालले नगरपालीका लाइ गरेको सहयो प्रती बिशेष   धन्यबाद दिनु भयो ।

यसै गरि वडा नं १३ का वडा अध्यक्ष राम प्रसाद गौतमले सेवक नेपालले आबश्यकता अनुसार खानेपानकिो ब्यबस्थामा सहयोग गरेका कारण खानेपानीमा धेरै सहयोग पुगेको बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालीकाका  प्रमुख प्रशाशकीय अधिकृत कृष्ण प्रसाद पाण्डे वडाअध्यक्ष हरु उमा प्रसाद दुलाल, नरमान श्रेष्ठ, बेल बहादुर महत, टेक बहादुर तामाङ्ग, शुशलि बहादुर माझी , चौतारा साँगाचोकगढी नगरपालकिाका रोजगार संयोजक चिरन्जिबि कट्टेल लगाइतको उपस्थितीमा  सेवक नेपाल सिन्धुपाल्चोकका जिल्ला कार्यक्रम  प्रबन्धक प्रकाश सापकोटा  सेवक नेपालका सुशान तथा क्षमता बिकास अधिकृत महोन बहादुर सिंहले २९ वटै योजनाको कागजपत्रहरु नगर प्रमुख लाइ हस्तानन्तरण गर्नु भएको हो ।

सोमबार भएको उक्त कार्यक्रममा सेवब नेपालका जिल्ला कार्यक्रम प्रबन्धक सापकोटाले समग्रमा सबै उपभोक्ताहरुले सहयोग गरेको र यसको निरन्तरताका लागी उपभोक्ताहरु तैयारी  रहेको  निर्बाचित पदाधिकारीहरुले पनि सहयोग गरेका कारण यो कार्यक्रम सफल भएको बताउँनु भयो । 

हस्तानन्तरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा मिती २०७२ साल मंसिर १५ गते   (सन् २०१५, नोभेम्बर ) देखि यु.एस.एड, सेबक नेपाल र जनहित ग्रामिण सेवा समितीद्धारा संचालित सफापानी परियोजनामिती २०७७ सालमंसिर १५ गते (सन् २०२० नोभेम्बर) मा समापन हुने ,२०२० नोभेम्बर सम्मयु.एस.एड, सेबक नेपाल र जनहित गा्रमिण सेवा समितीद्धारा संचालित सफापानी परियोजनाअन्तर्गत यस चौतारा साँगाचोक गढीे नगरपालिका वडा नं १, २, ३, १०, ११, १२, १३ र १४ मा निर्माण तथा मर्मत गरीएकाखानेपानीतथा सरसफाई योजनासंग सम्बन्धितकागजातहरु नगरपालिकालाई हस्तान्तरण गर्ने,यु.एस.एड, सेबक नेपाल र जनहित गा्रमिण सेवा समितीद्धारा संचालित सफापानी परियोजना सफलता पुर्वक सम्पन्न गर्नका लागि अहम भुमिका खेली  सहयोग गर्नुहुने सम्बन्धित समुदायहरु, खानेपानीतथा सरसफाई उपभोक्ता समितीहरु, वडा कार्यालयहरु र नगरपालिकालाई सेबक नेपालको तर्फबाट धन्यवाद व्यतm गरिनुको साथै सेबक नेपालले खानेपानी तथा सरसफाई योजना निर्माण तथा मर्मत गरी खानेपानी तथा सरसफाईको क्षेत्रमा पु¥याएको  योगदानको उच्चकदर गर्दै वडा कार्यालयहरु र नगरपालिककोतर्फ बाट सेबक नेपाललाई धन्यवाद प्रदान गर्ने निर्णय समेत भएको छ ।


, ,