अर्काको मरुभुमी खन्न भन्दाआफ्नै जमिनमा खेती गरौ----धर्मराज नेपाल


सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४  साबीक  ठुलोसिरुवारी गाबिस वडा नं ९मा २०१९साल भदौ  महीना  २४गतेका दिन  पिता गणपती नेपाल र माताँ तिर्थ कुमारी नेपालको कोषबाट जन्मनु भएका बर्ष ५८का धर्मराज नेपाल उँहा हाल  डडुवाकै अगुवा कृषकको रुुपमा परिचित हुनुहुन्छ । प्रस्तुत छ नेपाल सँग गरिएको छोटो कुरा कानी


 १ तपाइ के काम गर्दै हुनुहुन्छ 
 म अहीले खाश गरि कृषी पेशामा काम गरिरहेको छु बिहान ४बजे उठ्छु भकारो सोर्छु भैसी दुन्छु डेरीमा ल्याउँछु दुध बेच्छु अनी दिउँसो  बारीमा जान्छु तरकारी रोप्छु तरकारी टिप्छ् अनी साँझ बेच्छु यस्ते यस्तै काम गरिरहेको छु ।

 २ तपाइ  दैनिक कती लिटर दुध बेच्नु हुन्छ 
अहिले खाश गरि दैनिक १२,१५ लिटरको हाराहारीमा दुध बेच्ने गरेको छु । कहीले काँही १६ लिटर हुन्छ कहीले काँही १०लिटर ११लिटर हुन्छ यस्तै यस्तै  सरदर दैनक १२देखी १५लिटर सम्म बेच्छु । 
३  भैसीको दुध हो की गाइको अनी कती वटा छन गाइ भैसी
अहिले म सँग एउटा भरखरै ब्याएको लैनो र एउटा बकेर्नु भैसी छ यही २वटा भैसीको दुध बेच्छु हाल बाख्रा पनि पालेको छु १०वटा बाख्रा रहेको छ । 
४ हाल सम्म तपाइले के कस्ता कामहरु गर्नु भयो र तपाइको अहीलेको अबस्था के रहेको छ 
मैले खाश गरि हाल सम्म गरेको काम भनेको खेती किसान नै हो खाश गरि भैसी बाख्रा पाल्ने तरकारी उत्पादन गरेर बिक्री गर्ने, गरेको छु अहीलेको मेरो अबस्थगा रामै्र छ, आफैले उत्पादन गरेको अन्न तरकारी खान्छु, आफ्नै बारीमा फलेको ताजा तरकारी खान्छु त्यसो हुँदा अहिले सम्म मेरो अबस्था ठिकै छ भोलीको दिनमा के हुन्छ हेर्दे जानु छ । 
५तपाइले तरकारी खेती कहीले देखी शुरु गर्नु भयो ।
 मैले खाश गरि सामान्यतय ता सानै उमेर देखी गरेको हो खाश गरि ब्यबसायीक रुपमा भने २०४८साल देखी श्रु गरेको हो ।
६ तपाइले तरकारी खेती शुरु गर्दा गाँउमा कसैले पनी गरेका थिएनन त 
थिएनन मलाइ त्यस बेला पनि  गाँउका दाजुभाइहरु भन्ने गर्दथिए यसले कसरी तरकारी खेती गरिरहेका होला सिचाइ पर्याप्त मात्रमा छैन, के हुन्छ भन्ने गर्द थिए तर मैले ४८साल देखी करेसाबारी हुँदै ब्यबसायीक रुपमा काउली , बन्दा, गोलभेडा,घिउ सिमी खोर्सानीहरु  फलाउँन थाले त्य पछी बिस्तारै अरु दाजुभाइ हर पनि प्रभाबित हुन थाले ।

खाश गरि मकै बारी भित्रै मकै भाँच्ने बेला हुन लागे पछी गोलभेडा लगाउँदा राम्रेै फल्न थाले पछि मलाइ अझ बढी प्रेरेणा मिलेको थियो । त्यस ताकाअरु कसैले पनि तरकारी खेत नगरेका कारण पनी तरकारीको समस्यामा परेका चौतारा बासी  लाइ मैले केही मात्रामा तरकारीको माग पुरा गर्ने गरेको थिए ।
७ यसको बजार कस्तो छ 
शुर शूरुमा त बजार पाँउन सकिएन दिनभरि गोलभेडा टिप्यो राती भए पछी एक निन्द्रा सुतेर टर्च लाइट बालेर डोका भरी गोलभेडा बोकेर बिहान उज्यालो हुँदा चौतारा बजारमा गोलभेडा कहीले कहीले काउली कहीले बन्दा,खोर्सानी  लगेर जाने गरेको थिए । त्यस ताका  सवारी साधनको ब्यबस्था थिएन हिडेरै भए पनि जान पर्ने भएकाले बिहान उज्यालो हुँदा चौतारामा तरकारी बेचेर  खान खान झुलेटार आइ पुग्ने गरेको थिएँ । यसरी शुरुमा यसको बजार गरिएको थियो भने अहिले त गाँउमा नै यसको बजार रहेको छ ।

काठमाण्डौको टुकुचा,नारायणटार, अनी चौतारा, दोलालघाटमा समेत यँहाको तरकारी गोलभेडा खोसाृनलिे बजार पाएको छ । त्यँहाको ब्यपारी तथा उपभोक्ताहरुको पनि पहिलो रोजाइ भनेकै डडुवको तरकारी रहेको पाइउको छ । अझ पछिल्लो समयमा हाल त घरघरमानै उपत्यकाका होलसेल ब्यपारीहरु आउँन थालेका छन । अहीले त बजारको समस्या छैन उत्पादन हुन पर्यो बजार  उत्पादन स्थलमानै आइ पुग्छ ।
८ तरकारी खेतीमा खाश गरि समस्या के के रहेको पाउँनु भएको छ । 
खाश गरि यस पेशामा समस्या भनेको, किरा लागने कहीले काँही बिउ नउम्रने, बोटै मर्ने रहेका छन यसलाइ त आफुले सामान्य मान्य गरेको छु मुख्य समस्या भनेकै प्रबिधीक ज्ञानको कमी हो जब प्रबिधकि ज्ञान हासिल हुन्छ  तब मात्र खेतीमा सफला हुन्छ मैले तरकारी खेती शुरु गर्दा प्राबिधकि भन्ने नै थिएन एक जना राइ थर भएका ब्यक्तीले डडुवामा आइ बसेर यती दुरीमा काउली रोप्ने यती समयमा रोप्ने बन्दा रोप्ने, खोर्सान िरोप्ने तरिका सिकाउँने  गर्नु हुन्थ्यो । त्यो पनि केही दिन पछी उाँहा हिड्नु भयो तर मैले आफैले प्रयोग गर्दा गर्दा केही उपायहरु सिकेको छु बिउ कसरी राख्ने कसरी खेती गर्ने कुन क्ुन समयमा गरेकको खेती कस्तो कस्तो फल्छ भन्ने बिषयमा आफैले प्रयोग गरेर जानकार भएको छु । जे होस यसको समस्या भनेको सिचाइ र  प्रबिधीक ज्ञानने हो भन्ने मैले प्रमाणीत गरेको छु । 
९  यसरी काम गर्नु भएको छ तपाँइको कमाइ कती रहेको छ । 
खाश धेरै छेन म एक्लैले के गर्नु परिबार सानो  छ तै पनि बार्षीक चारलाख जती कमाइ रहेको छु र मसन्ुष्ट पनि छु । हेर्नुहोस मानीहरुलाइ हरेक प्रकारको रोग लाग्ने गरेको छ । खानाखाने समय नमिल्नु जथाभाबी खाना खाने गर्नु यसकारण पनि धेरै रोग लाग्न सक्छ , बजारमा हेर्दा त्यँहाका मानिसहरु बिहान बिहान दौडन्छन यो खान हुँदेन त्यो खान हुँदैन भन्छन हामी बिहान ४बजे उठ्छौ भकारो घँसपानी गर्छौै दिन भरि कानम गर्छाै आँफैले उत्पादन गरेका खान्छौ दौडन पनि परेन खानेकुराको छानबिन पनि गर्न परेन हामी स्वस्थै छौ त त्यसैले हाम्रो कमाए भनेकै स्वास्थ्य र बार्षीक तिन देखी चारलाख रुपैया नै हो । 

१०  बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण  तँपाइलाइ कस्तो   असर गरेको पाउँनु भयो 
महामारीले अशर नगर्ने भन्ने त छदै छेन अशर गरेकै छ तर पनि म आफुलाइ भने खाशै अशर गरेको छैन सबहानै काममा जान्छु  काम गरि सकेपछी भकारो  सोरे पछी गोबरले हात धुन्छु अनि दुध बेचेर घर आउँछु अनि फेरी काम गर्न जाँदा रोग पनि सर्ने डर हुँदैन अनि पोषीलो खाना खाँदा शरिरलाइ पनी तज्दखुरुस्त राख्छ यसरी नै जिविका चलीरहेको छ तरकारी लिन गाँउमा नै ब्यपारिहरु आउँछन गाँउमा नै तरकारी सङ्कलन केन्द्र राखेको छ त्यँहाबाटै तरकारीहरु बाहीर जान्छ सजीलै छ यो रोगले ब्यक्तीगतरुपमा त्यस्तो अशर पारेको छैन र नपारोस पनि भगवान सँग मेरो प्रार्थना छ की कसैलाइ पनि महामारीले अशर नगरोस । 
 

 ११ अहिले सम्म पुरस्कृत हुन भयो की  छैन
म धेरै संघ सस्थाहरबाट पुरस्कृत भएको छु । नेत्रज्योतीकृषी सहकारी सस्थाले मलाइ सम्मान गरेको छ , जनहित दुग्धउत्पादक सहकारी सस्थलगाउत बिभिन्न सरकारी तथा गैर सरकारी सस्.थाहरबाट सम्मानीत भएको छु मलाइ खाश  बाँझो रहेर खेर गइरहेको जमिनमा यसरी उत्पादनमुलक काम गर्नका लागी सबैलाइ प्रेरेणा  मिलोस भन्ने चाहान्छु र त्यो नै बास्तविक सम्मान हो भन्ने मलाइ लागेको छ । 
१२ तपाइको भाबी रण निती  के छ  कसरी अगाडी बढ्ने योजना  छ 
मेरो भाबी रणनिती भन्ने नै छैन बाचुन्जेल खेती किसान गर्छु आफैले उत्पादन गरेको खाद्यन्न खान्छु  तरकारीहरु घिउ सिमी,गोलभेडा,काउली, बन्दा, खोर्सानी हरु उत्पादन गर्छु बेच्छु यसरी नै अगाडी बढ्ने योजना रहेको छ । 
 १३ अन्तमा याँहाको भनाइ के रहेको छ 

 अन्तमा मैले गरेका साना तिना कामको लागी  पनि तपाइको पत्रिकाले स्थान दिएकोमा तपाइ लगाएत पत्रिका परिबारलाइ हार्दीक धन्यबाद दिन चाहान्छु , खाश गरि मेरो भन्नु त केही पनि छैन तै पनि सबै जना ले आआफ्नो करेसाबारी तथा भएका जमिनमा के फल्छ त्यही लगाउने र तरकारी  खेती गरेर उत्पादनमुलक काम मा लाग्न सबैमा अनुरोध गर्दछु। बिदेश गएर अर्काको मरुभुमी खन्न भन्दा स्देसमा नै आफ्नै जमिनमा खेती गरौ भन्न चाहान्छु ।

अनि  सरकारले पनि यसरी काम गर्न चाहाने बास्तविक किसानलाइ सिचाइ, बिउ,मलको ब्यबस्थामा सहयोग गर्न आबश्यक  देखीएकाले  त्यस तर्फ ध्यान दिन समेत सरकारसँग अनुरोध गर्दछु 

, , , , , , , , , ,