११ जना नेकपा परित्याग गरि काँङग्रेसमा

चौतारा, असोज १९ । 

 सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा न १ सिम्पाल काभ्रेबाट ११ जना नेकपा  पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । 

पार्टी परित्याग गरि ११ जना कांग्रेस मा प्रवेश भएको गाउँपालिका सभापति फुर्पा तामाङले जानकारी दिनुभयो ।

इन्द्रावती गाउँपालिकाको पार्टी कार्यालय मा नवलपुरमा जिल्ला सभापति बिकास लामा को प्रमुख अतिथ्यमा प्रवेश कार्यक्रम  भएको थियो । पार्टी प्रवेश कार्यक्रम को अध्यक्षता गाउँपालिका का सभापति फुर्पा तामाङले गरेका थिए ।

नवप्रवेशी हरुलाई जिल्ला सभापति लामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ इन्द्रावती –१ का वडाध्यक्ष श्री लामा लगायत का नेताहरुले स्वागत गरेका हुन् ।

, ,