बैकिङ मुद्दाका फरार राज सिलवाल पक्राउ

 रुपक पुरी, चौतारा, असोज २५ । 

 जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले शनिबार बैकिङ मुद्दाका फरार प्रतिवादी पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठमाण्डौ गोकर्णेस्वर ७ शिवचोक बस्ने ३१ वर्षीय राज सिलवाललाई पक्राउ गरेको छ । 


२०७६ असोज ४ गते उच्च अदालत पाटनले बैकिङ मुद्दामा शिलवाललाई ५ लाख जरीवाना गरेको थियो । दुई वर्षदेखि लुकीछिपी बस्दै आउनुभएका सिलवाललाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालका डीएसपी प्रकाश सापकोटाले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । 

डीएसपी सापकोटाका अनुसार सिलवाललाई सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउने तयारी भैरहेको छ ।



,