राप्रपासयुक्तले गर्याे साँगाचोकमा चियापान कार्यक्रम


लोकप्रियसमाचार 

सिन्धुपाल्चोकजिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाराप्रपा वडा न १२ कार्य समितिले शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।


पुर्ब गाबिस अध्यक्ष नमलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष प्रेम राज गिरिले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका प्रमुखअतिथि केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीले  बिश्वब्यापि रुपमा फेैलिएको महामारीका बिच सानै भए पनि यो कार्यक्रम गरि राप्रपा ले राम्रो गरेको बताउदै आगामि निर्बाचनमा १ बर्ष अगाडि नै उमेद्वारको तय गरिने बताउनु भयो । उँहाले सरकारले आफ्ना र अरुको नागरिक चिन्न छाडेकोमा दुख ब्यक्त गर्दै यस्तो महामारीका बेलामा आफ्ना नजिक र नातेदारको मात्र काम गरेको बताउँनु भयो । उँहाले अहिलेको सरकार भ्रस्ट््रचार,नाताबाद, कृपाबादमा लिप्त रहेको बताउँदै सरकार सबैको साझा हुन पर्नेमा त्यसो हुन नसकेको बताउँनु भयो ।

पार्टीले आगामी निर्बाचनमा पालिकामा कसलाइ प्रमुख बनाउने कसलाइ वडाअध्यक्ष बनाउने हो त्यसको टुङ्गो १ बर्ष अगाडि नै लगाउने समेत उहाले बताउनु भयो। साँगाचोकमा भएको कार्यक्रमको सञ्चालन चौतारासाँगाचोकगढी नगरपालीकाका पार्टी नगर संयोजक ज्ञानेन्द्र कक्षपतिलेगर्नुभएको थियो कार्यक्रमका बिशेष अतिथी  केन्द्रीय सदस्य उदय सापकोटाले अति समस्याग्रस्त भएको हाम्रो देशमा यो चाड मनाइ रहेका छौ ।


यो अबस्थामा हामिलाइ नबदुर्गा भवानिले रक्षा गरेर रोग सँग लड्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै उँहाले नेपाल अहिले सरकार बिहिन रहेको बताउँनु भयो ।नेपालका प्रधान मन्त्रि ले जनताका सुरक्षा गर्न सक्तिन भन्नु महामारिको उपचार गर्न सक्तिन भन्नू लजास्पद भएकोबताउँदै  जनताको जिउधनको सुरक्षा गर्न नसक्नेले सरकार चलाउँन सक्तैन भन्दै  सरकार चलाउन राप्रपालाइ दिए सबैको सुरक्षा गर्ने बताउँनु भयो । उँहाले अब राप्रपाले पतन भएका सरकारलाइ लखेटेर राप्रपाले सरकार चलाउने घोषणा गर्नुभयो । उहाले गृह मन्त्रिले बोलेको कुराको आपति जनाउदै राप्रपाले मात्रै सनातन धर्मकोरक्षा गर्ने बताउनुभयोे । कार्यक्रममा केन्द्रीय सदस्यहरु जितबहादुर भारती, जिल्ला पार्टी उपाध्यक्ष टिका लक्ष्मी श्रेष्ठ, सचिब नातीकाजी सापकोटा सहसचिब दिपक थापा प्रबक्ता हरिबहादुर नेपाल सदस्यहरु बिमला  भटराइ कृष्ण गिरी, राधा गिरी सचित लालश्रेष्ठ, प्रेम राज गिरी  रमेस खड्का  ,ट्र्ेड युनियनका प्रकाश  भटराइ ,चौतारा नगर कार्य समितीका अध्यक्ष राजकुमार कुँबर उपाध्यक्ष महोनकाजी कपाली लगाएत नगरका  राप्रपा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।कायर्क्रम समापन गर्दै कार्यक्रमका सभापति पुर्बगाबिस अध्यक्ष नमलाल श्रेष्ठ ले केन्द्रका नेताले गाउँ बिर्सेको हो कि जस्तो लागेको छ त्यस तर्फ ध्यानदिनजरुरी देखिन्छ भन्नु भयो । उँहाले सबै भन्दा पहिला सम्मान गर्न सिक्न पर्याे बिपक्ष लाई हेप्न मिल्दैन भन्नू हुँदै सबैलाइ समान ब्यबहार गरेर अगाडी बढ्न अनुरोध गर्नु  भयो । 


, , , ,