राप्रपाको केन्द्रीय समितिमा जिल्लाका ९ नेता मनोनित

चौतारा, असोज २५ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकका नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।


 पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम तीनै जना अध्यक्षको सहमतिमा केन्द्रीय सदस्य मनोनयन गरिएको हो ।

मनोनयन हुनेहरुमा जिल्लाका उदय सापकोटा, चलनबहादुर तामाङ, जितबहादुर भारती, दइन्द्रबहादुर ठकुरी, बालकुमार श्रेष्ठ, यस्मिन ढुंगाना, बद्रीप्रसाद चौलागाईं, बाबुराम खड्का, शिवकुमार राउत पनि केन्द्रीय सदस्यमा मनोनयन हुनुभएको छ । 

जिल्लाका ९ सँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको हो । राप्रपाले ३ सय २७ सदस्यीय केन्द्रीय समितिमा नयाँ  सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७ सय २७ सदस्य पु¥याएको छ ।

राप्रपाले आइतबार प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम तीन  अध्यक्षको सहमति अनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो । “असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ”, विज्ञप्तिमा भनिएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।


, ,