सुरु भयो इन्द्रावती गाँउपालीकामा पशु बिमा कार्यक्रम

नेत्रबहादुर बस्नेत, चौतारा । 

सिन्धु पाल्चोक जिल्ला को इन्द्रावती गाँउपालीका ले आफ्ना पालीकाका व्यावसायीक कृषसहरुलाई प्रोत्साहीत गर्ने उदेश्यले पशु धन बिमा कार्यक्रम सुरु गरेको छ । 


गाँउपालीकाले बिमा ऐन २०४९ बमोजीम कारोबार गर्न  इजाजत प्राप्त संस्थासंग गाँउपालीका भरीका पालीएका पशु चौपायाहरुको बिमा गरीने भएको गाँउ पालीकाका प्रेस सल्लाहाकार दिनेश चौलागाँइले बताउँनु भयो ह । उँहाका अनुसार  बिमा शुल्क दर, बिमाका शर्तहरु बिमा समितीको निर्देशिका तथा परीपत्र बमोजीम हुनेगरी बिमा सम्झौता भएको छ । 

गाँउपालीका भित्र  पशु धन बिमा गर्न इच्छुक पशुधनीहरुले गाँउपालीकाले पशुधन बिमा गर्न सम्झौता गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत पशु चौपायको बिमा गर्न सकिने छ । यसरी बिमा गर्दा बिमाशुल्कमा अनुदानको व्यावस्था पछी हुन आउने ५० प्रतिशत रकम गाँउपालीकाले अनुदानको रुपमा उपलब्ध गराउने छ भने बाँकी  ५० प्रतिशत भने सम्बन्धित पशुधनीले नै व्यहोर्नुपर्ने छ । 

पशु बिमा कार्यक्रमको लागी इन्द्रातवी गाँउपालीकाले चालु आर्थीक बर्ष २०७७÷७८ मा १० लाख ५० हजार रुपैंया रकम विनियोजन गरेको छ । गाँउपालीका भित्र चालु आर्थीक बर्षमा करीव १५ सय वटा गाई, भैंसी लगाएतका ठुला पशुहरु र ३५ सय वटा बाख्रा लगाएतका साना पशु चौपायहरुको बिमा गर्न सकिने गाँउपालीकाले बताएको छ । यस बिमा कार्यक्रमबाट गाँउपालीकाभित्र करीव १७ करोड बराबरको पशुधनको विपदबाट हुन आउने क्षतीको शुरक्षण हुने गाँउपालीकाले अनुमान गरेको छ । हालको बिमा कार्यक्रम १ बर्षको लागी मान्य रहनेछ । 

गाँउपालीकाभित्र पशुधनको बिमा गराउन चाहने इच्छुक पशुधनी पहिचान गर्ने, बिमा सम्झौता गर्ने, पशुहरुको कानमा ट्याग लगाउने लगाएतका काममा गाँउपालीकाका प्राविधीकहरुले पशुधनीलाई सहयोग गर्ने बताएको छ । 

आइतबार विश्व पशु दिवसको अवसरमा गाँउपालीका अध्यक्ष बंशलाल तामाङको प्रमुख अतिथ्यतामा पालीकाको वडा नम्बर १२ मा भएको उद्घाटन कार्यक्रममा पशुपालक कृषकहरुले गाँउपालीकाले सुरु गरेको कामले पशुपालन कार्यमा थप हौसला थपेको बताएका छन् । 

इनद्रावती गाँउपालीका कृषि उपज उत्पादनमा प्रचुर सम्भावना भएकाले बिमा कार्यक्रमले व्यावसायीक रुपमा कृषि कर्म गरीरहेका र पशुपालनमा रहेका किसानहरुलाई ढुक्क हुने वातावरण सृजना भएकाले कृषि तथा पशुपालनमा व्यावसायीकता ल्याई जिवनस्तर सुधार गर्दै लैजान मद्धत  पुग्ने इनद्रावती गाँउपाल्ीकाका अध्यक्ष तथा गाँउपालीका राष्ट्रीय महासंघका महासचिव समेत रहनु भएका बंशालाल तामाङले बताउनुभयो ।   

प्शु बिमा कार्यक्रम पुर्ण रुपमा कार्यन्वयन हुंदा दुग्धजन्य र मासुजन्य पदार्थमा गाँउपालीका आत्मनीर्भर हुने र किसानहरुको बार्षिक १७ करोड बराबरको नोक्सानी हुनबाट किसानहरुलाई जोगाउन सकिने अध्यक्ष तामाङले बताउनुभयो । इन्द्रावती गाँउपालकिाका नागरिकहरुलाइ आफुले सके सम्म हरेक पेशामा लागेकालाइ खाश गरि उत्पादनमुलक काम गर्ने हरुलाइ प्रोत्साहन अनुदान दिइ रहेको रआबश्यक पर्नेलाइ उक्त अनुदान सहयोग गरि रहने समेत तामाङ्गले बताउँनु भयो । 


, , ,