एनसेलले ल्यायो विषेश गो सिम अघि बढौं’

 


लोकप्रिय समाचार एनसेल आजियाटा लिमिटेडले महिलाहरुकालागि ‘अघि बढांै’ भन्ने थिममाआकर्षक सुविधाहरुका साथ ‘गो सिम’ल्याएको छ . आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिनअवस्थाका बेला पछि शुल्कतिर्ने गरी टक टाइम र एमएमएस सेवालिनपाईने, निश्चितनम्बरहरुमानिःशूल्क कल सेवालगायतथुप्रै सुविधाहरु भएको यो सिममहिलाहरुकालागिमात्रल्याइएको कम्पनीले जनाएको छ ।


.कम्पनिको को मुख्य योजनाहरुमा  बोनस मेन ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस सहितको अफर,१२महिनासम्म हरेक रिचार्जमा १० प्रतिशतबोनस ब्यालेन्स,१०० वा सो भन्दामाथिको पहिलो रिचार्जमा आकर्षक डेटा तथाभ्वाइस बोनस,आपतकालिनअवस्थाकालागि टक टाइम र एसएमएस सेवाशुल्क पछि तिर्ने गरी उपलब्ध,विभिन्ननम्बरहरुमा परामर्श लिनको लागि हरेक महिना ६० मिनेट निःशुल्क टक टाइम मुख्य रहेका छन ।यो सिमग्राहकले आज (कार्तिक १गते  देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलकाआधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र रु ९९ माखरिद गर्न सक्नेछन् . गो सिमको खरिदसँगै ग्राहकले रु २० मेनब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्तगर्दछन् .।यसका साथै ग्राहकले गो सिममार्फत दामी म्यूजीक तथा हङ्गामा म्युजीकप्रो ३० दिन सम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् . ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुपप्राप्तगर्दछन् .  प्राप्तबोनस सात दिनको लागिमान्य रहने समेत कम्पनीले जनाएको छ ।. “महिलाहरुकालागिविषेश रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रितप्याक सूरु गर्न पाएकोमा कम्पनी धेरै खूसी रहेको समेत जनाइएको छ ।  . यसको विषेशताहरुमा बन्डल सेवा देखि लिएरआपतकालिनअवस्थाकालागि सञ्चार सेवा, सुरक्षाको लागिए सएमएस सेवा र महिलाका क्षेत्रमाकाम गर्ने संस्थाहरुमा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् . यो प्याक ल्याउनुको प्रमूख कारणहरु मध्ये महिला सुरक्षा एक रहेको समेत कम्पनीले बिज्ञेप्ती मार्फत जानकारि गराएको  हो . यसले महिलावर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्रनभई यसमाउपलब्ध सेवा, सुविधातथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास लिएको एनसेल आजियाटा लिमिटेडका चिफकमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताउँनु भयो ।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चितगर्दै यसको लाभप्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिमअन्तर्गत ग्राहकले सिमखरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशतबोनस प्राप्त गर्नेछन् . प्राप्तबोनस सात दिनको लागिमान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउनतथाएसएमएस पठाउन प्रयोग गर्न सक्नेछन ।यसका साथै यो सिमलिने ग्राहककालागिअपलकालिन सञ्चार सेवाकालागिविषेश सुविधा रहेको छ . यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ भन्दाकमभएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् . ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवावापतको कर सहित रु १० मेन ब्यालेन्सबाट काटिने छ .  

त्यसैगरी यो सिममामहिलाहरुको सुरक्षाकालागि निशुल्क उपलब्धहुने अर्को विषेश सुविधापनि रहेको छ . जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिनअवस्थामाआफुले चाहेका तीनएनसेल नम्बरहरुमाआपतकालिन सन्देश पठाउन सक्नेछन् . गो सिमप्रयोगकर्ताले एस्ट्रिक्स१७१८०ह्यास डायल गर्ने बित्तिकै आफ’ले छानेका तीननम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प . प्लीजकल एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिमप्रयोगकर्ताको नम्बर सहित स्वतःजानेछ . ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स१७१८०एस्ट्रिक्स१ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन । यो सेवाग्राहकलेआपतकालिनअवस्थामामात्रआवश्यक सहयोगको लागिप्रयोग गर्न पर्नेछ । थपआकर्षणका रुपमा गो सिमप्रयोगगर्ने कोहीपनिमहिलाले महिलाका क्षेत्रमाकामगर्ने विभिन्न संस्थाहरु मा महिनामा ६० मिनेट सम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ . यसबाट महिलाहरुले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् . यी विभिन्नआकर्षक सुविधाहरुको साथै, गो सिमप्रयोगकर्ताले डेटा, स्वाःथ्य र विभिन्नमनोरञ्जन सहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्छन् . गो प्रयोगकर्ताले  एस्ट्रिक्स१७१०४ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको प्याक सुचारु गर्न सक्नेछन् .  


, , , ,