जनता माविलाई पूर्व विद्यार्थीको सहयोग


लक्ष्मण बिष्ट ,

मेलम्ची नगरपालिका(९,ज्यामिरे स्थित जनता माविलाई पूर्ण माध्यमिक तह (१०ं२) संचालन सहयोगार्थ पूर्व विद्यार्थीहरुले रकम संकलन अभियान थालिएको छ । 


कक्षा १० सम्म सञ्चालनमा रहेको यो विद्यालयलाई पूर्ण माध्यमिक तह बनाउने अभियान अन्तर्गत यस बिधालयबाट एसएलसी(२०६१को ब्याचीले एक लाख २० हजार एक सय पच्पन्न नगद सहयोग गरेका छन्  ।

’विद्यालयलाई केही आर्थिक सहयोग होस् भनेर समृद्ध समाज निर्माणमा यूवाहरुको भूमिका अपरिहार्य सोचेर २०६१ सालमा एसएलसी दिएका १९ जनाबाट सङ्कलित रकम मङ्गलवार एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खड्कालाई हस्तान्तरण गरिएको  छ । २०६१ सालमा एसएलसी दिएका पूर्व विद्यार्थी समाजका सचिब एवं कक्षा ११र१२ सञ्चालन सहयोग समितिका सदस्य टंक खड्काले जानकारी दिनुभयो ।विद्यालयलाई पूर्ण मावि सञ्चालनका लागि शिक्षक  व्यवस्थापन र अनुमति धरौटीका लागि आर्थिक सङ्कलन अभियान चलाइएको हो ।२०५६ सालबाट एसएलसी दिन प्रारम्भ गरेको यस विद्यालयमा हालसम्म २० ब्याच सहभागी भइसकेका छन् !अहिले पूर्व विद्यार्थी समाजको सक्रियतामा ब्याचगत रुपमा अर्थिक सङ्कलन भइरहेको पूर्व विद्यार्थी एवं बिधालय संचालन सहयोग समितिका सदस्य पाण्डब अधिकारीले जानकारी दिनुभयो । सहयोग रकम जुठाउन ब्याचगत सम्पर्क समन्वयलाई बाक्लो बनाई पूर्व विद्यार्थी यो अभियानको अभियान्ता बनेका छन् । ’सहयोग र प्रतिवद्धता व्यक्त रकम जोड्ने हो भने १२ लाख रुपैयाँ चानचुन भइसकेको जनता माविका सहायक प्रधानाध्यापक माधव अधिकारीले बताउँनुभयो । २०७१ सालको महाभूकम्पपछिको पुनर्निर्माणमा भौतिक रुपमा विद्यालय सम्पन्न हुँदै गएको छ । यसपालिदेखि कक्षा ११ सञ्चालन अनुमति पाएको यस विद्यालयमा यो वर्ष ४४ जना विद्यार्थी कक्षा  ११ मा भर्ना भएका छन् ।


, , , , ,